एक दिन येशूले शिक्षा दिँदैगर्नुहुँदा गालील प्रदेशका हरेक गाउँ, यहूदिया प्रदेश र यरूशलेमबाट आएका फरिसीहरू र व्यवस्थाका शिक्षकहरू त्यहीं बसिरहेका थिए। अनि बिरामीहरूलाई निको पार्नको लागि प्रभुको शक्ति उहाँसँग थियो। केही मानिसहरूले पक्षघात भएको एउटा मानिसलाई ओछ्यानमा बोकेर ल्याए, अनि त्यस मानिसलाई येशूको अघिल्तिर राखिदिन घरभित्र लैजान प्रयास गरे। तर भीडको कारणले गर्दा केही उपाय नलागेपछि, तिनीहरू छानामाथि चढे, र छानालाई उक्काएर त्यसको ओछ्यानसमेत नै त्यहींबाट ठीक येशूको सामुन्नेमा ओरालिदिए। जब येशूले तिनीहरूका विश्वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “मित्र, तिम्रा पापहरू क्षमा भएका छन्।” फरिसी र व्यवस्थाका शिक्षकहरूले आफैमा विचार गर्न लागे, “ईश्वरनिन्दा गर्ने यो मानिस को हो? परमेश्वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?” तिनीहरूले के सोच्दैछन् भन्ने थाहा पाएर येशूले सोध्नुभयो, “आफ्ना हृदयमा तिमीहरूले किन यस्ता कुराहरू विचार गर्दैछौ? के भन्नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्नु वा ‘उठ र हिँड’ भन्नु? तर मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरू जान।” यही कुरा दर्शाउन येशूले त्यस पक्षघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोकेर घर जाऊ।” त्यो तुरुन्तै तिनीहरूका बीचमा उठ्यो र आफू जुन ओछ्यानमा थियो, त्यो बोकेर परमेश्वरको प्रशंसा गर्दै घर फर्कियो। सबैजनाले अचम्म माने र परमेश्वरको प्रशंसा गरे। तिनीहरू भयभीत भएर भने, “आज हामीले आश्चर्यका काम देखेका छौं।”
लूका 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 5:17-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू