YouVersion लोगो
खोज आइकन

लूका 24:25-32

लूका 24:25-32 NCV

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू कस्ता अबुझ रहेछौ, र अगमवक्ताहरूले बोलेका सबै कुरा विश्‍वास गर्न तिमीहरूका हृदय कति सुस्त रहेछ! के ख्रीष्‍टले यी सबै कष्‍टहरू भोग्न र त्यसपछि आफ्नो महिमामा प्रवेश गर्नुपर्ने आवश्यक थिएन र?” अनि मोशा र अगमवक्ताहरूबाट सुरु गरेर उहाँले सम्पूर्ण धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका सबै कुराहरूको अर्थ तिनीहरूलाई व्याख्या गरिदिनुभयो। तिनीहरू जुन गाउँमा गइरहेका थिए, त्यसको नजिकै आइपुगेपछि येशू उहाँ अझै पर जान खोज्नुभयो। तर तिनीहरूले उहाँलाई कर गर्दै बिन्ती गरे, “हामीसँग नै बस्‍नुहोस्; किनकि अब साँझ पर्दैछ। अनि दिन पनि ढल्किसकेको छ।” तब तिनीहरूसँगै बस्‍न उहाँ भित्र पस्‍नुभयो। जब उहाँ तिनीहरूसँगै टेबुलमा हुनुहुन्थ्यो, तब उहाँले रोटी लिएर परमेश्‍वरलाई धन्यवाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन थाल्नुभयो। त्यस बेला तिनीहरूका आँखा खोलिए, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँ तिनीहरूका दृष्‍टिबाट ओझेल हुनुभयो। तिनीहरूले आपसमा भने, “के उहाँ बाटोमा हामीसँग कुराकानी गर्नुहुँदा, र हाम्रा निम्ति धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय प्रज्वलित भएको थिएन र?”

लूका 24 पढ्नुहोस्