जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब ती गोठालाहरूले आपसमा भने, “हामी बेथलेहेममा जाऔँ, र यो भएको घटना हेरौँ, जसको विषयमा प्रभुले हामीलाई भन्नुभएको छ।” त्यसकारण तिनीहरू हतार-हतार गए, र मरियम, योसेफ र डुँडमा बालकलाई सुतिरहेका भेट्टाए। जब तिनीहरूले उहाँलाई देखे, तब त्यस बालकको विषयमा तिनीहरूलाई जे भनिएको थियो, त्यस बारेमा तिनीहरूले कुरा फैलाए।
लूका 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 2:15-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू