YouVersion लोगो
खोज आइकन

लूका 1:35-45

लूका 1:35-45 NCV

स्वर्गदूतले जवाफ दिए, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्‍तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ। यसैगरी तिम्री नातेदार एलीशिबाले पनि आफ्नो वृद्ध उमेरमा एउटा पुत्र जन्माउनेछिन्; र बाँझी भनिएकी तिनी अहिले गर्भधारणको छैटौं महिनामा छिन्। किनकि परमेश्‍वरको निम्ति कुनै पनि कुरा असम्भव छैन।” मरियमले भनिन्, “म प्रभुकी सेविका, मलाई तपाईंको वचनअनुसार होस्।” त्यसपछि स्वर्गदूत तिनीबाट बिदा भए। त्यस समयमा मरियम तयार भइन् र हतार-हतार यहूदिया प्रदेशको पहाडतर्फको एउटा गाउँमा गइन्; जहाँ एलीशिबा र जकरिया बस्दथे र त्यहाँ जकरियाको घरभित्र पसेर एलीशिबालाई अभिवादन गरिन्। एलीशिबाले मरियमको अभिवादन सुन्‍ने बित्तिकै तिनको गर्भमा रहेको बालक उफ्रियो; र एलीशिबा पवित्र आत्माले भरिइन्। तिनले चर्को सोरमा भनिन्: “स्त्रीहरूमा तिमी धन्य हौ, र तिमीले जन्माउने बालक पनि धन्यका हुन् तर मेरा प्रभुकी आमा मकहाँ आउनुजस्तो कृपा मलाई किन भयो? तिम्रो अभिवादनको स्वर मेरो कानमा पर्ने बित्तिकै मेरो गर्भको बालक आनन्दले उफ्रियो। जसले तिनलाई प्रभुले भन्‍नुभएका कुरा पूरा हुनेछन् भनी विश्‍वास गरिन्, तिनी धन्यकी हुन्।”

लूका 1 पढ्नुहोस्