YouVersion लोगो
खोज आइकन

विलाप 3:18-25

विलाप 3:18-25 NCV

यसकारण म भन्दछु, “मेरो गौरव र मैले याहवेहबाट गरेको आशा टुटिसकेको छ।” म मेरो कष्‍ट र मेरो घरविहीनको अवस्था, तितोपन र पित्तको स्मरण गर्दछु। म तिनीहरूलाई राम्ररी स्मरण गर्दछु, र मेरो आत्मा मभित्र हताश हुन्छ। तर पनि जब म यो कुरा स्मरण गर्दछु, तब यसैले मलाई आशा दिन्छ: याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ; किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन। हरेक बिहान ती नयाँ भएर आउँछन्; तपाईंको विश्‍वसनीयता महान् छ। म आफूलाई भन्दछु, “याहवेह मेरो सर्वस्व हुनुहुन्छ; यसैकारण म उहाँको प्रतीक्षा गर्नेछु।” याहवेहमा आशा राख्नेहरू र उहाँको खोजी गर्नेहरूसँग उहाँ भलो हुनुहुन्छ

विलाप 3 पढ्नुहोस्