YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 8:1-7

यूहन्‍ना 8:1-7 NCV

तर येशू जैतुन डाँडामा जानुभयो। भोलिपल्ट एकाबिहानै उहाँ फेरि मन्दिरको चोकमा देखा पर्नुभयो, जहाँ सबै मानिसहरू उहाँको वरिपरि जम्मा भए; अनि उहाँ तिनीहरूलाई शिक्षा दिन बस्‍नुभयो। व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई त्यहाँ ल्याए। तिनीहरूले त्यसलाई भीडको अघि उभ्याए, र येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचार गर्दा-गर्दै पक्राउ परेकी हो। व्यवस्थामा मोशाले यस्ता स्त्रीहरूलाई ढुङ्गाले हानिनुपर्छ भनी हामीलाई आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्‍नुहुन्छ?” तिनीहरूले यो प्रश्न उहाँलाई दोष लगाउने आधार प्राप्‍त गर्नलाई पासोको रूपमा प्रयोग गर्दैथिए। येशू निहुरनुभयो र औंलाले भुइँमा लेख्न थाल्नुभयो। जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे, तब उहाँ उभिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरूमा कोही पापरहित छ भने, यस स्त्रीलाई त्यसैले पहिले ढुङ्गाले हानोस्।”

यूहन्‍ना 8 पढ्नुहोस्

यूहन्‍ना 8:1-7 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति