YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 10:7-10

यूहन्‍ना 10:7-10 NCV

त्यसकारण येशूले फेरि भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, भेडाहरूका ढोका म नै हुँ। मभन्दा अघि आउनेहरू सबै चोर र डाँकूहरू थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्। ढोका म नै हुँ, जो मद्वारा भित्र पस्छ, ऊ बचाइनेछ; ऊ भित्र र बाहिर आउने जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ। चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म ता तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएँ।

यूहन्‍ना 10 पढ्नुहोस्

यूहन्‍ना 10:7-10 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति