“म तिमीहरूलाई साँच्चै भन्दछु, जुन मानिस भेडागोठको ढोकाबाट भित्र पस्दैन, तर कुनै अर्कै ठाउँबाट चढेर पस्छ, त्यही नै चोर र डाँकु हो। तर ढोकाबाट भित्र पस्ने मानिसचाहिँ आफ्नो भेडाको गोठालो हो। गोठ कुर्नेले उसका निम्ति ढोका खोलिदिन्छ, र भेडाहरूले उसको सोर सुन्छन्। उसले आफ्ना भेडाहरूलाई नाम काढि-काढि बोलाउँछ र तिनीहरूलाई बाहिर लैजान्छ। उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसकेपछि, ऊ तिनीहरूका अगि-अगि हिँड्छ, र भेडाहरूले उसलाई पछ्याउँछन्। किनकि तिनीहरूले उसको सोर चिन्छन्। तर तिनीहरूले नचिनेको व्यक्तिलाई कहिल्यै पछ्याउँदैनन्; बरु त्यसदेखि भाग्छन्। किनकि तिनीहरूले नचिनेको व्यक्तिको सोर चिन्दैनन्।” येशूले यो दृष्टान्तको प्रयोग गर्नुभयो, तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा के थियो, सो तिनीहरूले बुझेनन्। त्यसकारण येशूले फेरि भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, भेडाहरूको ढोका म नै हुँ। मभन्दा अगि आउनेहरू सबै चोर र डाँकुहरू थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्। ढोका म नै हुँ, जो मद्वारा भित्र पस्छ, उसले मुक्ति पाउनेछ; भित्र र बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ। चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएँ। “असल गोठालो म नै हुँ। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ।
यूहन्ना 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 10:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू