YouVersion लोगो
खोज आइकन

हिब्रूहरू 10:16-25

हिब्रूहरू 10:16-25 NCV

“त्यो समयपछि पछि म तिनीहरूसित जुन करार बाँध्नेछु, त्यो यही हो, प्रभु भन्‍नुहुन्छ, म आफ्नो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु, र म ती तिनीहरूका मनमा लेखिदिनेछु।” तब उहाँ फेरि भन्‍नुहुन्छ: “म तिनीहरूका पाप र कुकर्महरू कहिल्यै सम्झनेछैनँ।” अनि जब यी क्षमा हुन्छन्, पाप क्षमाको लागि कुनै बलिदान आवश्यक पर्दैन। यसकारण दाजुभाइ-दिदीबहिनीहरूहो, हामीलाई येशूको रगतद्वारा महा पवित्रस्थानभित्र पस्‍ने आत्मविश्‍वास प्राप्‍त भएको छ, येशूले हाम्रो निम्ति एउटा नयाँ र जीवन दिने मार्ग खोलिदिनुभएको छ, अर्थात् त्यस पर्दाद्वारा, जो उहाँको शरीर हो। परमेश्‍वरको परिवारमा हामीसँग एकजना प्रधान पूजाहारी हुनुभएकोले, हामी विश्‍वासको निश्‍चयताले भरिएको निष्कपट हृदयहरू लिएर परमेश्‍वरको नजिक जाऔं। किनकि हाम्रो दोषी विवेकलाई शुद्ध पार्नका निम्ति येशूको रगतले छर्किएको छ र हाम्रो शरीरलाई शुद्ध पानीले धोइएको छ। प्रतिज्ञा गर्नुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुभएको हुनाले हामीले अपनाएको आशालाई दृढतासाथ पक्रिराखौं। अनि एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति उत्साहित गराउने कुरामा विचार गरौं। कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ सङ्गतिमा एकसाथ भेला हुन नछोडौं; तर प्रभुको पुनरागमन नजिक आइरहेकोले हामी एउटाले अर्कोलाई साहस दिइरहौं।

हिब्रूहरू 10 पढ्नुहोस्

हिब्रूहरू 10:16-25 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति