YouVersion लोगो
खोज आइकन

उत्पत्ति 42:1-13

उत्पत्ति 42:1-13 NCV

जब इजिप्टमा प्रशस्त अन्‍न छ भनी याकोबलाई थाहा भयो, तब उनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू एक-अर्कालाई किन टुलुटुलु हेरेर बस्छौ?” उनले भने, “इजिप्टमा अन्‍न छ भनी मैले सुनेको छु। जाओ, गएर अन्‍न किनेर ल्याओ, ताकि हामीहरू जीवितै रहन सकौँ, नत्रता हामी मर्नेछौँ।” तब योसेफका दश जना दाजुहरू अन्‍न किन्‍नलाई इजिप्टमा गए। तर याकोबले योसेफको भाइ बेन्यामीनलाई उनीहरूसित पठाएनन्; किनकि त्यसमाथि कुनै जोखिम आइपर्ला कि भनी तिनी डराए। यसकारण अन्‍न किन्‍न जानेहरूमा इस्राएलका छोराहरू पनि थिए; किनकि कनानमा पनि अनिकाल परेको थियो। त्यस समय योसेफचाहिँ इजिप्टका राज्यपाल थिए; अनि त्यहाँका सबै मानिसहरूलाई अन्‍न बेच्ने तिनी नै थिए। यसकारण योसेफका दाजुहरू आइपुगे, र उनीहरूले भुइँसम्म निहुरेर तिनलाई दण्डवत् गरे। योसेफले आफ्ना दाजुहरूलाई देख्नासाथै उनीहरूलाई चिने; तर तिनले नचिनेको भान पारेर रुखो सोरमा उनीहरूसित बोले। तिनले सोधे, “तिमीहरू कहाँबाट आएका हौ?” उनीहरूले जवाफ दिए, “हामी कनान देशबाट अन्‍न किन्‍न आएका हौँ।” योसेफले आफ्ना दाजुहरूलाई चिने, तर उनीहरूले चाहिँ तिनलाई चिनेनन्। अनि तिनले उनीहरूको बारेमा आफूले देखेका सपनाहरू सम्झे, र उनीहरूलाई भने, “पक्‍कै पनि तिमीहरू जासुस हौ! हाम्रो देशको कमजोरी पत्ता लगाउन आएका हौ।” उनीहरूले जवाफ दिए, “होइन, हे प्रभु, हामी तपाईंका सेवकहरू अन्‍न किन्‍न आएका हौँ। हामी सबै एकै मानिसका छोराहरू हौँ। तपाईंका सेवकहरू इमानदार मानिसहरू हौँ, हामी जासुस होइनौँ।” तिनले उनीहरूलाई भने, “होइन! पक्‍कै पनि तिमीहरू हाम्रो देशका कमजोरी पत्ता लगाउन आएका हौ।” तर उनीहरूले जवाफ दिए, “हामी तपाईंका सेवकहरू बाह्र जना दाजुभाइहरू छौँ; कनान देशमा बस्‍ने एकै मानिसका छोराहरू हौँ। कान्छोचाहिँ अहिले हाम्रा पितासित छ, र एउटाचाहिँ मरिसक्यो।”

उत्पत्ति 42 पढ्नुहोस्