हामी यो जान्दछौं कि, मानिस व्यवस्थाको कामलाई पालन गरेर मात्र धर्मी ठहरिँदैन, तर येशू ख्रीष्टमा विश्वास गरेर मात्र धर्मी ठहरिन्छ। यसकारण हामीले पनि ख्रीष्ट येशूमा विश्वास राखेका छौं। जसद्वारा हामी व्यवस्थाको पालन गरेर होइन, तर येशू ख्रीष्टमा विश्वास गरेर धर्मी ठहरिएकाछौं, किनकि व्यवस्थाका कामहरू पालन गरेर कोही पनि धर्मी ठहरिन सक्दैन। “तर यदि हामी यहूदीहरू ख्रीष्टद्वारा धर्मी ठहरिन खोज्दछौं भने हामीहरू पनि पापीहरू नै हौं भन्ने बुझिन्छ”, के यसको मतलब येशू ख्रीष्टले पापलाई प्रोत्साहन दिनुहुन्छ त? कदापि होइन! यदि मैले जे भत्काएको छु, मैले त्यो फेरि बनाएँ भने म आफै व्यवस्था भङ्ग गर्ने पापी हुन्छु। “किनकि व्यवस्थाद्वारा म व्यवस्थाको निम्ति मर्दछु, जसद्वारा म परमेश्वरको निम्ति जिउन सकूँ। म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, र अब उप्रान्त जिउने म होइन, तर ख्रीष्ट ममा जिउनुहुन्छ। अहिले म शरीरमा जुन जीवन जिउँछु, त्यो म परमेश्वरको पुत्रमा राखेको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, अनि आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो। म परमेश्वरको अनुग्रहलाई व्यर्थ तुल्याउन चाहन्नँ, किनकि यदि व्यवस्थाद्वारा धार्मिकता हासिल गर्न सक्ने भए, ख्रीष्ट मर्नुभएको व्यर्थ हुन्छ।”
गलाती 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 2:16-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू