YouVersion लोगो
खोज आइकन

एफिसी 2:13-22

एफिसी 2:13-22 NCV

तर तिमीहरू, जो ख्रीष्‍ट येशूमा बितेको एक समयमा टाढा थियौ, अहिले ख्रीष्‍टको रगतद्वारा नजिक पारिएका छौ। किनकि उहाँ स्वयम् हाम्रो शान्ति हुनुहुन्छ, जसले यहूदी र गैरयहूदी बीचको विभाजन ल्याउने शत्रुताको पर्खाललाई भत्काइदिनुभएको छ; अनि दुवैलाई एउटै बनाउनुभएको छ। उहाँले आफ्नै शरीरमा व्यवस्थाका आज्ञा र विधिहरू खारेज गर्नुभयो। उहाँ आफैँमा यी दुई समूहबाट एउटा नयाँ मानिस सृष्‍टि गर्ने र यसरी नै शान्ति स्थापित गर्ने उहाँको उद्देश्य थियो। अनि यही एउटा शरीरमा क्रूसद्वारा दुवै समूहलाई परमेश्‍वरमा मिलाप गराएर उहाँले तिनीहरूका शत्रुतालाई अन्त्य गर्नुभयो। उहाँले आएर तिमी टाढा भएका र नजिक भएकाहरूलाई शान्तिको सन्देश प्रचार गर्नुभयो। किनकि ख्रीष्‍टद्वारा हामी दुवैले एउटै आत्मामा पिताकहाँ पुग्न पाएका छौँ। फलस्वरूप तिमीहरू अब विदेशी र अपरिचित होइनौ, तर परमेश्‍वरका जनहरूसँग सङ्गी नागरिक र उहाँको घरानाका सदस्यहरू भएका छौ। त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूका जगमाथि बसालिएको छ; अनि जसको मुख्य ढुङ्गो ख्रीष्‍ट येशू आफैँ हुनुहुन्छ। उहाँमा नै पूरै भवन ठिकसँग जोडिएको हुन्छ र प्रभुमा एक पवित्र मन्दिर बन्‍नलाई बढ्दैजान्छ। अनि उहाँमा तिमीहरू पनि आत्माद्वारा वासस्थान बन्‍नलाई एकसाथ निर्माण भइरहेका छौ, जसमा परमेश्‍वर आफ्नो आत्माद्वारा बास गर्नुहुन्छ।

एफिसी 2 पढ्नुहोस्