तर तिमीहरू, जो ख्रीष्ट येशूमा अघि एक समय टाढा थियौ, अहिले ख्रीष्टको रगतद्वारा नजिक ल्याइएका छौ। किनकि उहाँ स्वयम् नै हाम्रो शान्ति हुनुहुन्छ, जसले यहूदी र गैरयहूदी बीचको विभाजन ल्याउने शत्रुताको पर्खाललाई भत्काइदिनुभएको छ, र दुवैलाई एउटै बनाउनुभएको छ। उहाँले आफ्नै शरीरमा व्यवस्थाका आज्ञाहरू र विधिहरू खारेज गर्नुभयो। उहाँ आफैमा यी दुई समूहबाट एउटा नयाँ मानिस सृष्टि गर्ने र यसरी नै शान्ति स्थापित गर्ने उहाँको उद्देश्य थियो। अनि यही एउटा शरीरमा क्रूसद्वारा दुवै समूहलाई परमेश्वरमा मिलाप गराएर उहाँले तिनीहरूका शत्रुतालाई अन्त्य गर्नुभयो। उहाँ आउनुभयो, र तिमी टाढा भएकाहरू र नजिक भएकाहरू दुवैलाई शान्तिको सन्देश प्रचार गर्नुभयो।
एफिसी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 2:13-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू