फेरि मैले सूर्यमुनि केही अर्थहीन कुरा देखेँ: त्यहाँ नितान्त एउटा एकलो मानिस थियो; उसको न छोरो, न त दाजुभाइ थिए। उसको परिश्रमको अन्त्य थिएन; तापनि उसका आँखाहरू आफ्नो धनसम्पत्तिमा सन्तुष्ट थिएनन्। उसले आफैँलाई सोध्यो, “म कसका निम्ति परिश्रम गरिरहेको छु? र किन आफैँलाई जीवनका आनन्दबाट वञ्चित गर्दैछु?” यो पनि अर्थहीन छ, एक दुःखदायी कुरा हो। एक जनाभन्दा दुई जना असल हुन्, किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्: यदि कुनै एउटा लड्यो भने, अर्कोले त्यसलाई उठ्न मदत गर्न सक्छ; तर लड्दा उठाउने कोही नहुँदा कस्तो दुःखको कुरा हुन्छ! फेरि, दुई जना सँगै सुते भने तिनीहरूलाई न्यानो हुन्छ; तर एकलो त कसरी न्यानो हुन सक्छ र? एकलो मानिसलाई कसैले जित्ला; तर दुई जनाले त आफ्नो रक्षा गर्न सक्छन्। अनि तीन सुतरीले बाटेर बनेको डोरी झट्टै चुँडिदैन।
उपदेशक 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 4:7-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू