YouVersion लोगो
खोज आइकन

कलस्सी 1:9-14

कलस्सी 1:9-14 NCV

यसकारण हामीले तिमीहरूको विषयमा सुनेको दिनदेखि तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेका छैनौं। हामी निरन्तर विन्ती गरिरहेका छौं कि, परमेश्‍वरले तिमीहरूलाई आत्माले दिइने समझशक्‍ति र सारा बुद्धिद्वारा उहाँको इच्छाको ज्ञानले भरिदिनुभएको होस्, ताकि तिमीहरूले प्रभुको योग्य जीवन बिताउन र उहाँलाई हरेक किसिमले प्रसन्‍न पार्न, हरेक असल कामको फल फलाउन परमेश्‍वरको ज्ञानमा बढ्दै जाओ। तिमीहरू उहाँको महिमित शक्‍तिअनुसार पूर्ण सामर्थ्यले बलिया होओ, ताकि तिमीहरूमा धेरै सहनशीलता र धैर्यता होस्। ज्योतिको राज्यमा उहाँका पवित्र सन्तहरूको पैतृक-अधिकारमा तिमीहरूलाई सहभागी योग्य तुल्याउनुहुने पितालाई आनन्दसाथ धन्यवाद चढाओ। किनकि उहाँले हामीलाई अन्धकारको राज्यबाट छुटाउनुभयो र उहाँले आफ्नो प्यारो पुत्रको राज्यमा ल्याउनुभयो, जसमा हाम्रो उद्धार, पापहरूको क्षमा छ।

कलस्सी 1 पढ्नुहोस्