YouVersion लोगो
खोज आइकन

प्रेरित 22:1-16

प्रेरित 22:1-16 NCV

“बुबाहरू र दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो बचाउको कुरा सुन्‍नुहोस्।” जब पावलले हिब्रू भाषामा बोलेको तिनीहरूले सुने, तब तिनीहरू एकदमै शान्त भए। अनि पावलले भन्‍न थाले: “म एक यहूदी हुँ, किलिकियाको टार्सस सहरमा जन्म भएको, तर यसै सहरमा गमलिएलको संरक्षणमा शिक्षा पाएर हुर्किएको हुँ; र हाम्रा पितापुर्खाहरूको व्यवस्थामा मैले तालिम पाएको हुँ। म पनि त्यस्तै उत्साहित थिएँ, जसरी आज यहाँ तपाईंहरू सबै परमेश्‍वरका निम्ति हुनुहुन्छ। पुरुषहरू र महिलाहरू दुवैलाई पक्रेर बाँधेर झ्यालखानामा हालेँ, र मैले यस मार्गमा लागेकाहरूलाई मृत्यु हुने गरी नै सताएँ।” यस कुराको साक्षी प्रधान पुजारी र सम्पूर्ण सभाले पनि दिन सक्छन्। यहाँसम्म कि तिनीहरूबाट दमस्कसमा भएका तिनीहरूकै यहूदी विश्‍वासीहरूका लागि पक्राउ-पुर्जीहरू लिनसमेत म सफल भएँ, र ती पत्रहरू लिएर ती मानिसहरूलाई बन्दी बनाएर यरूशलेममा ल्याए, र सजाय दिलाउनको निम्ति म त्यहाँ गएँ। “जब म अपरान्हको समयमा दमस्कसको नजिकै पुगेको थिएँ, तब अकस्मात् स्वर्गबाट एउटा चहकिलो प्रकाश मेरो चारैतिर चम्क्यो। म भुइँमा पछारिएँ, र एउटा आवाजले मलाई यसो भनेको सुनेँ, ‘शाऊल! शाऊल! तिमी मलाई किन सताउँछौ?’ “ ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ भनी मैले सोधेँ। “ ‘म नासरतको येशू हुँ, जसलाई तिमी सताइरहेका छौ’ भनी उहाँले जवाफ दिनुभयो। मसँग यात्रा गर्नेहरूले पनि त्यो प्रकाश देखे, तर मसँग जो बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्। “ ‘हे प्रभु, अब मैले के गर्नुपर्छ?’ भनी मैले सोधेँ। “प्रभुले भन्‍नुभयो, ‘अब तिमी उठ, र दमस्कसमा जाऊ। त्यहाँ तिमीलाई जे काम गर्न खटाइएको छ, ती सबै कामहरू त्यहीँ नै तिमीलाई बताइनेछ।’ त्यस प्रकाशको तेजले मैले देख्न सकिनँ, तब मेरा सङ्गीहरूले आफ्ना हातद्वारा मलाई डोर्‍याउँदै दमस्कसमा पुर्‍याए। “त्यहाँ हननिया नाम गरेका एक जना मानिस मलाई भेट्न आए। तिनी व्यवस्थाअनुसार चल्ने मानिस थिए, र त्यहाँ बस्‍ने सबै यहूदीहरूमा अति नै सम्मानित पनि थिए। उनी मकहाँ आए, र मेरो छेउमा उभिएर भने, ‘भाइ शाऊल, आफ्नो आँखाको ज्योति प्राप्‍त गर,’ अनि तुरुन्तै मैले तिनलाई देख्न सकेँ। “त्यसपछि तिनले भने: ‘हाम्रा पुर्खाहरूका परमेश्‍वरले उहाँको इच्छा जान्‍न र एक जना धर्मी जनलाई हेर्न र उहाँको मुखबाट वचनहरू सुन्‍न तपाईंलाई छान्‍नुभएको छ। तपाईंले जे देख्नु र सुन्‍नुभएको छ, ती कुराका विषयमा तपाईं सबै मानिसहरूको सामु उहाँको साक्षी हुनुहुनेछ। अब तपाईं केका निम्ति पर्खिरहनुभएको छ? उठ्नुहोस्, बप्‍तिस्मा लिनुहोस् र प्रभुको नाम लिँदै आफ्ना पापहरूको क्षमा प्राप्‍त गर्नुहोस्।’

प्रेरित 22 पढ्नुहोस्

Video for प्रेरित 22:1-16