दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूसँगको हाम्रो भेटघाट भएको व्यर्थ भएन भनी तिमीहरू आफै जान्दछौ। तिमीहरूलाई थाहै छ, कि हामीले फिलिप्पीमा कष्ट भोगेर नराम्रोसँग अपमानित हुनुपरेको थियो, तर परमेश्वरको सहायताले घोर विरोध हुँदाहुदै पनि हामीले तिमीहरूलाई सुसमाचार साहससाथ प्रचार गर्यौं। किनकि हाम्रो अर्तीउपदेश छल वा अशुद्ध विचारबाट उब्जिएका होइनन्, न त हामीले तिमीहरूलाई धोका दिने कोसिस नै गरिरहेका छौं। तर परमेश्वरले सुसमाचार सुम्पिन योग्य ठहराउनुभएका मानिसहरूझैं हामी बोल्दछौं। हामी मानिसहरूलाई प्रसन्न पार्न होइन, तर हाम्रा हृदय जाँच गर्नुहुने परमेश्वरलाई प्रसन्न पार्न कोसिस गर्दछौं। तिमीहरूलाई थाहै छ, कि हामीले कहिल्यै चापलूसी गरेनौं। परमेश्वर हाम्रो साक्षी हुनुहुन्छ—हामीले तिमीहरूका रकम पाउनका लागि तिमीहरूसँग मित्रताको छल गरेका होइनौं। हामीले न त मानिसहरूबाट, न त तिमीहरू अथवा अरू कसैबाट प्रशंसा पाउने आशा गर्यौं। त्यसो त हामी ख्रीष्टका प्रेरितहरू भएको कारणले आफ्ना अधिकार प्रयोग गर्न सक्थ्यौं। तर आफ्ना साना बालबालिकाहरूको हेरचाह गर्ने आमाझैं, तिमीहरूका बीचमा हामी कोमल भयौं। यसरी हामी तिमीहरूलाई वास्ता गर्छौं; किनकि हामीले तिमीहरूलाई धेरै प्रेम गर्यौं; यसैले तिमीहरूसँग परमेश्वरको सुसमाचार मात्र होइन, तर आफ्नै जीवन समेत बाँड्न खुशी भएका थियौं।
1 थेसलोनिकी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 थेसलोनिकी 2:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू