YouVersion लोगो
खोज आइकन

1 यूहन्‍ना 4:1-6

1 यूहन्‍ना 4:1-6 NCV

प्रिय मित्रहरूहो, जुनसुकै आत्मालाई विश्‍वास नगर, तर ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर; किनकि संसारमा धेरै झूटा अगमवक्‍ताहरू निस्किआएका छन्। परमेश्‍वरको आत्मालाई तिमीहरू यसरी चिन्‍न सक्नेछौ—हरेक आत्मा जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दछ, त्यो परमेश्‍वरबाटको हो। तर हरेक आत्मा जसले येशूलाई स्वीकार गर्दैन, त्यो परमेश्‍वरबाटको होइन। अनि यही नै ख्रीष्‍ट विरोधीको आत्मा हो, जो आउँछ भन्‍ने तिमीहरूले सुनेका छौ, र अहिले नै पनि त्यो यस संसारमा आइसकेको छ। हे प्यारा साना नानीहरूहो, तिमीहरू परमेश्‍वरका हौ, र झूटा अगमवक्‍ताहरूलाई जितेका छौ; किनकि जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ। तिनीहरू संसारका हुन्, त्यसैले संसारकै दृष्‍टिकोणद्वारा बोल्छन्, अनि संसारले तिनीहरूका कुरा सुन्छ। हामी परमेश्‍वरका हौं, र जसले परमेश्‍वरलाई जान्दछ; उसले हाम्रा कुरा सुन्छ; तर जो परमेश्‍वरको होइन, त्यसले हाम्रा कुरा सुन्दैन। यसैबाट नै हामी सत्यको आत्मा र झूटको आत्मालाई चिन्छौं।

1 यूहन्‍ना 4 पढ्नुहोस्