तब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए। सूर्यलाई मानिसहरूलाई आगोले पोल्ने शक्ति दिइयो। मानिसहरू प्रचण्ड तातोले डडे। ती मानिसहरूले परमेश्वरको नाउँमा सरापे जसको नाउँमा यी महामारीहरू थिए। तर मानिसहरूले आफ्ना हृदय परिवर्तन गर्न अनि परमेश्वरलाई महिमा प्रदान गर्न अस्वीकार गरे। पाँचौ स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरूले कष्टमा आफ्ना जिब्रो टोके। मानिसहरूले तिनीहरूले पाएको पीडा अनि घाउको कारण स्वर्गका परमेश्वरलाई सरापे। तर तिनीरुले आफ्नो कुकर्मको लागि पश्चताप गर्न अस्वीकार गरे। छैटौं स्वर्गदूतले आफ्नो कचौरा विशाल नदी यूफ्रेटिसमा खन्याए। पूर्वबाट आउनुपर्ने राजाहरूको पथ निमार्णको निम्ति त्यो नदीको पानी सुक्यो। तब मैले तीनवटा दुष्ट आत्माहरू देखें जो भ्यागुत्तो जस्तै देखिन्थ्यो। तिनीहरू त्यो विशाल सर्पको मुखबाट, त्यो पशुको मुखबाट अनि झूटा अगमवक्ताको मुखबाट निस्के। यी दुष्ट आत्माहरू दानवहरूका आत्मा थिए। तिनीहरूमा चमत्कार गर्ने शक्ति थियो। यी दुष्ट आत्माहरू संसारका राजाहरूकहाँ जान्छन्। तिनीहरू परमेश्वर सर्वशक्तिमानको महा-दिवसमा लडाँई गर्न राजाहरू बटुल्न जान्छन्। “सुन! म चोर जस्तो गरी आउनेछु। धन्य हो जुन मानिस नसुती बस्छ अनि आफ्ना वस्त्रहरू आफूसित राख्छ। तब ऊ नाङ्गै हुने छैन अनि उसमा मानिसहरूले नाङ्गेपनामा लज्जास्पद हुनुपर्ने छैन।” त्यासपछि ती दुष्ट आत्माहरूले राजाहरूलाई त्यस स्थानमा भेला गर्छन् जसलाई हिब्रू भाषामा अर्मागेद्दोन भनिन्छ। सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब मन्दिरभित्र भएको सिंहासनबाट ठूलो आवाज आयो। आवाजले भन्यो, “यो अब समाप्त भयो।” तब बिजुली चम्कयो, हो हल्ला, गर्जन भयो अनि ठूलो भूँईचालो गयो। यो भूईँचालो थियो। त्यो विशाल नगर तीन भागमा टुक्रियो! राष्ट्रहरूका नगरहरू नष्ट भए। अनि परमेश्वरले विशाल बेबिलोन नगरलाई दण्ड दिनु बिर्सनु भएन। उहाँले त्यस नगरलाई उहाँको अर्को भयानक प्रकोपको प्याला दिनु भयो। हरेक द्वीपहरू लुप्त भयो अनि त्यहाँ पर्वतहरू रहेनन्। ठूल-ठूला असिना आकाशबाट मानिसहरूमाथि झर्यो। यी असिनाहरू प्रत्येकको ओजन लगभग एक सय पाउण्ड थियो। मानिसहरूले परमेश्वरलाई यो असिनाबाट पाएको कष्टको कारणले सरापे। यो कष्ट एक भयानक कष्ट थियो।
यूहन्नालाई भएको प्रकाश 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्नालाई भएको प्रकाश 16:8-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू