हे परमप्रभु, म मेरो सम्पूर्ण हृदयले तपाईंलाई पुकारा गर्छु।
मलाई जवाफ दिनुहोस्! म तपाईंको आज्ञाहरू पालन गर्छु।
हे परमप्रभु, म तपाईंलाई पुकारा गर्छु मलाई बँचाउनु होस्!
अनि म तपाईंको करार पालन गर्नेछु।
तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु।
म तपाईंले भन्नुभएको कुरामा विश्वास गर्दछु।
तपाईंका वचनहरू मनन गर्न
म रातमा अबेर सम्म बस्छु।
आफ्नो सारा प्रेमले, मलाई बोलाउनु होस्।
हे परमप्रभु, तपाईंले ठीक भनेका कुरानै गरूँ अनि मलाई बाँच्न दिनुहोस्।
मानिसहरूले मेरो विरूद्ध दुष्ट योजनाहरू बनाइरहेछन्।
ती मानिसहरूले तपाईंको शिक्षाहरू अनुशरण गर्दैनन्।
परमप्रभु, तपाईं मेरो नजीकै हुनुहुन्छ।
अनि तपाईंका सबै आदेशहरूमा भरोसा गर्न सकिन्छ।
धेरै बर्ष अघिदेखि तपाईंको करारबाट सिकें
कि तपाईंको उपदेशहरू अनन्त रहने छन्।
हे परमप्रभु, मेरो पीडाहरू हेर्नुहोस् र मलाई बचाउनु होस्।
मैले तपाईंको उपदेशहरू भुलेको छैन।
हे परमप्रभु, मेरो लडाइँ मेरो निम्ति लडि दिनु होस् र मलाई बचाउनु होस्।
तपाईंले वचन दिए जस्तै मलाई बाँच्न दिनुहोस्।
दुष्ट मानिसहरूले जित्ने छैन
किनभने तिनीहरूले तपाईंको नियमहरू मान्दैनन्।
हे परमप्रभु, तपाईं कृपालु हुनुहुन्छ।
तपाईंले ठीक भनेकै काम गरूँ, र मलाई बाँच्न दिनुहोस्।
मेरो धेरै शत्रुहरू छन् मलाई घात गर्नेहरू धेरै छन्
तर मैले तपाईंको करार-वचन अनुशरण गर्न देखि रोकिने छैनँ।
म ती विश्वास घातीहरूलाई देख्छु,
तिनीहरूले तपाईंको वचनको पालन गर्दैनन्,
र म तिनीहरूलाई घृणा गर्छु।
हेर्नुहोस्, मैले तपाईंको आज्ञाहरू पालन गर्न यथासक्य कोशिश गरें।
हे परमप्रभु, तपाईंको सारा प्रेमसहित, मलाई बाँच्न दिनुहोस्।
हे परमप्रभु, आदि कालदेखि नै, सारा तपाईंका वचनहरू भरोसा गर्न सकिन्थ्यो।
अनि तपाईंको धार्मिक नियमहरू सदा-सर्वदा रहनेछन्।
प्रभावशाली शासकहरूले अकारण मलाई आक्रमण गरे।
तर डर राख्दछु र तपाईंको नियमलाई आदर गर्दछु।
परमप्रभु, तपाईंको वचनले मलाई आनन्दित तुल्यायो,
धेरै धन पाएर अत्यन्त खुशी भएको मानिसलाई जस्तो।
म झूटाहरूलाई घृणा गर्दछु, म तिनीहरूलाई तिरस्कार गर्दछु।
तर परमप्रभु म तपाईंको शिक्षाहरू मन पराउँछु।
दिनमा सातपल्ट म तपाईंको प्रशंसा गर्छु।
किनकि तपाईँका नियमहरू असलछन्।
मानिसहरू जसले तपाईंको उपदेश मन पराउछन्,
तिनीहरू साँच्चो रूपमा शान्तिमा पुग्दछन्।
केहीले पनि तिनीहरू पतन गराउन सक्दैन।
हे परमप्रभु, म तपाईंलाई पर्खिरहेछु।
मलाई बचाउन्नु होस् भनेर मैले तपाईंको आज्ञाहरू पालन गरें।
मैले तपाईंको करार-वचनलाई अनुशरण गरें।
हे परमप्रभु, म तपाईंको व्यवस्था बढ्ता नै मान्दछु।
मैले तपाईंको करार र आज्ञाहरू पालन गरे।
हे परमप्रभु, मैले गरेका सबै कुराहरू तपाईंलाई थाहा छ।
हे परमप्रभु, मेरो खुशीका गीतलाई सुन्नुहोस्।
तपाईंले कसम खाए जस्तै मलाई बुद्धिमानी बनाउनु होस्।
परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्।
तपाईंले वचन दिए झैं मलाई बचाउनु होस्।
म प्रशंसाको गीत गाँउछु।
किनभने तपाईंले मलाई आफ्नो नियमहरू सिकाउनु भयो।
तपाईंको वचनहरू जवाफ दिन मलाई सहयोग गर्नुहोस् र मलाई मेरो गीत गाउन दिनुहोस्।
परमप्रभु, तपाईंको सारा नियमहरू असल छन्।
मैले तपाईंका आज्ञाहरू पालन गर्न खोजें।
यसैले आउनुहोस् र मलाई साथ दिनुहोस्।
हे परमप्रभु, म चाहन्छु, मलाई बचाउनु होस्।
तर तपाईंको शिक्षाहरूले मलाई खुशी पार्छन्।
मलाई बाँच्न दिनुहोस् र तपाईंको प्रशंसा गर्न दिनुहोस्,
परमप्रभु! तपाईंका नियमहरूले मलाई सघाओस्।
म हराएको भेंडा सरह भड्किरहें।
हे परमप्रभु, आएर मलाई खोज्नु होस्।
म तपाईंको दास हुँ,
अनि मैले तपाईंको भरोसा भुलेको छैन।