भजनसंग्रह 119:113-176

भजनसंग्रह 119:113-176 NERV

हे परमप्रभु, म त्यस्ता मानिसहरूलाई घृणा गर्छु, जो तपाईं प्रति पूर्ण रूपले विश्वासी छैनन्। तर म तपाईंको शिक्षाहरू मन पराउँछु। मलाई लुकाउनु होस् र रक्षा गर्नुहोस्। हे परमप्रभु, तपाईंले भन्नु भएका प्रत्येक कुरामा म भरोसा गर्छु। हे परमप्रभु, दुष्ट मानिसहरूलाई मेरो नजीक आउन नदिनुहोस्, अनि म परमेश्वरको आज्ञाहरू पालन गर्नेछु। हे परमप्रभु, तपाईंले वचन दिए जस्तै मलाई सघाउनु होस्, अनि म बाँच्ने छु। म तपाईंमा भरोसा राख्छु यसर्थ मलाई असन्तुष्ट नपार्नु होस्। परमप्रभु, मलाई साथ दिनुहोस र म बाँच्ने छु। म तपाईंका आज्ञाहरू अनन्त सिक्ने छु। हे परमप्रभु, तपाईंका विधिहरू भङ्ग गर्नेहरूदेखि तपाईं विमुख भएर जानु हुन्छ। किनभने तिनीहरूले तपाईंको करार अनुसार हिंडछु भनेर झूटो बोले। परमप्रभु, पृथ्वीमा तपाईंले दुष्ट मानिसहरूलाई मैला पुछेको जस्तो फ्याँकिदिनु भयो। यसैले म तपाईंको करारलाई सदा-सर्वदा मान्ने नै छु। हे परमप्रभु, म तपाईंबाट भयभीत छु। म डराउँछु र तपाईंका विधिहरूको आदर गर्दछु। मैले के सही र के राम्रो त्यही गरेकोछु। हे परमप्रभु, मलाई ती मानिसहरूकहाँ नदिनु होस्, जसले मलाई आघात पुर्याउन चाहन्छन्। मप्रति असल रहने कसम खानुहोस् किनकि म तपाईंको दास हुँ। हे परमप्रभु, ती अंहकारीसहरूलाई मप्रति आघात पुर्याउन नदिनुहोस्। हे परमप्रभु, तपाईंबाट सहायताको र तपाईंको राम्रो वचनको निम्ति बाटो हेर्दा हेर्दा मेरो आँखाहरू टट्टाई सके। म तपाईंको दास हुँ, तपाईंको स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्। मलाई तपाईंको विधिहरू सिकाउनु होस्। म तपाईंको दास हुँ, मलाई बुझ्ने सामर्थ पार्नुहोस, ताकि तपाईंको करार-वचन म बुझ्न सकुँ। हे परमप्रभु, यो तपाईंले केही गर्ने समय हो। मानिसहरूले तपाईंको विधिहरू भङ्ग गरे। हे परमप्रभु, म खाटी सुन भन्दा पनि तपाईंको आज्ञाहरू मन पराउँछु। म खुब होशियारीसँग तपाईंको आज्ञाहरू पालन गर्छु। म झूटो शिक्षाहरूलाई घृणा गर्दछु। हे परमप्रभु, तपाईंको करार अद्भूत छ। यसकारण म त्यसको अनुशरण गर्दछु। कुनै ज्योतिले तिनीहरूलाई बाँच्ने ठीक तरिका देखाए झैं मानिसहरूले तपाईंको शब्दहरू बुझ्न शुरू गरे। तपाईंका वचनले सामान्य भन्दा सामान्य मानिसहरूलाई सम्म बुद्धिमानी बनाउँदछ। हे परमप्रभु, म साँच्चो रूपले तपाईंका आज्ञाहरू मनन गर्न चाहन्छु, म त्यो स्वास रोकिएर अधैर्यपूर्ण पर्खिरहेको मानिस जस्तो छु। हे परमेश्वर, मलाई हेर्नुहोस र म प्रति कृपालु बन्नु होस्। जसले तपाईंको नाउँको पुकारा गर्छन्, ती मानिसहरूका लागि असल काम गरिदिनुहोस्। हे परमप्रभु, तपाईंले कसम खाए झैं मलाई डोर्याउनु होस् मतर्फ कुनै प्रकारको दुर्घटना घट्न नदिनुहोस्। हे परमप्रभु, मलाई दुःख-कष्ट दिने मानिसहरूबाट बचाउनु होस् अनि म तपाईंको आज्ञाहरू पालन गर्ने छु। हे परमप्रभु, मलाई ग्रहण गर्नुहोस्, अनि आफ्नो नियमहरू सिकाउनुहोस्। म आँसुका बलिन्द्रधारा नदी सरी बहाएर रोएँ किनभने कसैले पनि तपाईंको शिक्षाहरू पालन गरेनन्। हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ। तपाईंका नियमहरू सही र ईमान्दार छन्। तपाईंले हामीलाई आफ्ना करारमा धार्मिक नियमहरू दिनुभयो। हामी साँच्चै नै तिनीहरूमा भरोसा गर्न सक्छौं। मेरो उत्साहले मलाई ध्वंश पारिरहेछ। म अत्यन्त उदास छु किनभने मेरो शत्रुहरूले तपाईंको आज्ञाहरू भूले। परमप्रभु, हामीले प्रमाण पनि दियौं कि हामी तपाईंकै वचनमा विश्वास गर्छौं। अनि म यसलाई मन पराउँछु। म क्षुद्र र तुच्छ छु, अनि मानिसहरूले मेरो आदर गर्दैनन्। तर म तपाईंको आज्ञाहरू भुल्ने छैन। परमप्रभु, तपाईंको धार्मिकता चिरस्थायी छ। अनि तपाईंको उपदेशहरू विश्वास गर्न सकिन्छ। मसँग सङ्कट र दुःखका दिनहरू छँदै थिए तर म तपाईंको आज्ञाहरूमा आनन्द लिन्छु। तपाईंको करार अनन्तको लागि असल छ। यसलाई समझशक्ति दिनुहोस् ताकि म बाँच्न सकुँ। हे परमप्रभु, म मेरो सम्पूर्ण हृदयले तपाईंलाई पुकारा गर्छु। मलाई जवाफ दिनुहोस्! म तपाईंको आज्ञाहरू पालन गर्छु। हे परमप्रभु, म तपाईंलाई पुकारा गर्छु मलाई बँचाउनु होस्! अनि म तपाईंको करार पालन गर्नेछु। तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु। म तपाईंले भन्नुभएको कुरामा विश्वास गर्दछु। तपाईंका वचनहरू मनन गर्न म रातमा अबेर सम्म बस्छु। आफ्नो सारा प्रेमले, मलाई बोलाउनु होस्। हे परमप्रभु, तपाईंले ठीक भनेका कुरानै गरूँ अनि मलाई बाँच्न दिनुहोस्। मानिसहरूले मेरो विरूद्ध दुष्ट योजनाहरू बनाइरहेछन्। ती मानिसहरूले तपाईंको शिक्षाहरू अनुशरण गर्दैनन्। परमप्रभु, तपाईं मेरो नजीकै हुनुहुन्छ। अनि तपाईंका सबै आदेशहरूमा भरोसा गर्न सकिन्छ। धेरै बर्ष अघिदेखि तपाईंको करारबाट सिकें कि तपाईंको उपदेशहरू अनन्त रहने छन्। हे परमप्रभु, मेरो पीडाहरू हेर्नुहोस् र मलाई बचाउनु होस्। मैले तपाईंको उपदेशहरू भुलेको छैन। हे परमप्रभु, मेरो लडाइँ मेरो निम्ति लडि दिनु होस् र मलाई बचाउनु होस्। तपाईंले वचन दिए जस्तै मलाई बाँच्न दिनुहोस्। दुष्ट मानिसहरूले जित्ने छैन किनभने तिनीहरूले तपाईंको नियमहरू मान्दैनन्। हे परमप्रभु, तपाईं कृपालु हुनुहुन्छ। तपाईंले ठीक भनेकै काम गरूँ, र मलाई बाँच्न दिनुहोस्। मेरो धेरै शत्रुहरू छन् मलाई घात गर्नेहरू धेरै छन् तर मैले तपाईंको करार-वचन अनुशरण गर्न देखि रोकिने छैनँ। म ती विश्वास घातीहरूलाई देख्छु, तिनीहरूले तपाईंको वचनको पालन गर्दैनन्, र म तिनीहरूलाई घृणा गर्छु। हेर्नुहोस्, मैले तपाईंको आज्ञाहरू पालन गर्न यथासक्य कोशिश गरें। हे परमप्रभु, तपाईंको सारा प्रेमसहित, मलाई बाँच्न दिनुहोस्। हे परमप्रभु, आदि कालदेखि नै, सारा तपाईंका वचनहरू भरोसा गर्न सकिन्थ्यो। अनि तपाईंको धार्मिक नियमहरू सदा-सर्वदा रहनेछन्। प्रभावशाली शासकहरूले अकारण मलाई आक्रमण गरे। तर डर राख्दछु र तपाईंको नियमलाई आदर गर्दछु। परमप्रभु, तपाईंको वचनले मलाई आनन्दित तुल्यायो, धेरै धन पाएर अत्यन्त खुशी भएको मानिसलाई जस्तो। म झूटाहरूलाई घृणा गर्दछु, म तिनीहरूलाई तिरस्कार गर्दछु। तर परमप्रभु म तपाईंको शिक्षाहरू मन पराउँछु। दिनमा सातपल्ट म तपाईंको प्रशंसा गर्छु। किनकि तपाईँका नियमहरू असलछन्। मानिसहरू जसले तपाईंको उपदेश मन पराउछन्, तिनीहरू साँच्चो रूपमा शान्तिमा पुग्दछन्। केहीले पनि तिनीहरू पतन गराउन सक्दैन। हे परमप्रभु, म तपाईंलाई पर्खिरहेछु। मलाई बचाउन्नु होस् भनेर मैले तपाईंको आज्ञाहरू पालन गरें। मैले तपाईंको करार-वचनलाई अनुशरण गरें। हे परमप्रभु, म तपाईंको व्यवस्था बढ्ता नै मान्दछु। मैले तपाईंको करार र आज्ञाहरू पालन गरे। हे परमप्रभु, मैले गरेका सबै कुराहरू तपाईंलाई थाहा छ। हे परमप्रभु, मेरो खुशीका गीतलाई सुन्नुहोस्। तपाईंले कसम खाए जस्तै मलाई बुद्धिमानी बनाउनु होस्। परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्। तपाईंले वचन दिए झैं मलाई बचाउनु होस्। म प्रशंसाको गीत गाँउछु। किनभने तपाईंले मलाई आफ्नो नियमहरू सिकाउनु भयो। तपाईंको वचनहरू जवाफ दिन मलाई सहयोग गर्नुहोस् र मलाई मेरो गीत गाउन दिनुहोस्। परमप्रभु, तपाईंको सारा नियमहरू असल छन्। मैले तपाईंका आज्ञाहरू पालन गर्न खोजें। यसैले आउनुहोस् र मलाई साथ दिनुहोस्। हे परमप्रभु, म चाहन्छु, मलाई बचाउनु होस्। तर तपाईंको शिक्षाहरूले मलाई खुशी पार्छन्। मलाई बाँच्न दिनुहोस् र तपाईंको प्रशंसा गर्न दिनुहोस्, परमप्रभु! तपाईंका नियमहरूले मलाई सघाओस्। म हराएको भेंडा सरह भड्किरहें। हे परमप्रभु, आएर मलाई खोज्नु होस्। म तपाईंको दास हुँ, अनि मैले तपाईंको भरोसा भुलेको छैन।

भजनसंग्रह 119 पढ्नुहोस्

भजनसंग्रह 119:113-176 को लागि पद छवि

भजनसंग्रह 119:113-176 - हे परमप्रभु, म त्यस्ता मानिसहरूलाई घृणा गर्छु,
जो तपाईं प्रति पूर्ण रूपले विश्वासी छैनन्।
तर म तपाईंको शिक्षाहरू मन पराउँछु।
मलाई लुकाउनु होस् र रक्षा गर्नुहोस्।
हे परमप्रभु, तपाईंले भन्नु भएका प्रत्येक कुरामा म भरोसा गर्छु।
हे परमप्रभु, दुष्ट मानिसहरूलाई मेरो नजीक आउन नदिनुहोस्,
अनि म परमेश्वरको आज्ञाहरू पालन गर्नेछु।
हे परमप्रभु, तपाईंले वचन दिए जस्तै मलाई सघाउनु होस्, अनि म बाँच्ने छु।
म तपाईंमा भरोसा राख्छु यसर्थ मलाई असन्तुष्ट नपार्नु होस्।
परमप्रभु, मलाई साथ दिनुहोस र म बाँच्ने छु।
म तपाईंका आज्ञाहरू अनन्त सिक्ने छु।
हे परमप्रभु, तपाईंका विधिहरू भङ्ग गर्नेहरूदेखि तपाईं विमुख भएर जानु हुन्छ।
किनभने तिनीहरूले तपाईंको करार अनुसार हिंडछु भनेर झूटो बोले।
परमप्रभु, पृथ्वीमा तपाईंले दुष्ट मानिसहरूलाई मैला पुछेको जस्तो फ्याँकिदिनु भयो।
यसैले म तपाईंको करारलाई सदा-सर्वदा मान्ने नै छु।
हे परमप्रभु, म तपाईंबाट भयभीत छु।
म डराउँछु र तपाईंका विधिहरूको आदर गर्दछु।

मैले के सही र के राम्रो त्यही गरेकोछु।
हे परमप्रभु, मलाई ती मानिसहरूकहाँ नदिनु होस्,
जसले मलाई आघात पुर्याउन चाहन्छन्।
मप्रति असल रहने कसम खानुहोस् किनकि म तपाईंको दास हुँ।
हे परमप्रभु, ती अंहकारीसहरूलाई मप्रति आघात पुर्याउन नदिनुहोस्।
हे परमप्रभु, तपाईंबाट सहायताको र तपाईंको राम्रो वचनको निम्ति बाटो हेर्दा हेर्दा
मेरो आँखाहरू टट्टाई सके।
म तपाईंको दास हुँ,
तपाईंको स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्।
मलाई तपाईंको विधिहरू सिकाउनु होस्।
म तपाईंको दास हुँ, मलाई बुझ्ने सामर्थ पार्नुहोस,
ताकि तपाईंको करार-वचन म बुझ्न सकुँ।
हे परमप्रभु, यो तपाईंले केही गर्ने समय हो।
मानिसहरूले तपाईंको विधिहरू भङ्ग गरे।
हे परमप्रभु, म खाटी सुन भन्दा पनि
तपाईंको आज्ञाहरू मन पराउँछु।
म खुब होशियारीसँग तपाईंको आज्ञाहरू पालन गर्छु।
म झूटो शिक्षाहरूलाई घृणा गर्दछु।

हे परमप्रभु, तपाईंको करार अद्भूत छ।
यसकारण म त्यसको अनुशरण गर्दछु।
कुनै ज्योतिले तिनीहरूलाई बाँच्ने ठीक तरिका देखाए झैं मानिसहरूले तपाईंको शब्दहरू बुझ्न शुरू गरे।
तपाईंका वचनले सामान्य भन्दा सामान्य मानिसहरूलाई सम्म बुद्धिमानी बनाउँदछ।
हे परमप्रभु, म साँच्चो रूपले तपाईंका आज्ञाहरू मनन गर्न चाहन्छु,
म त्यो स्वास रोकिएर अधैर्यपूर्ण पर्खिरहेको मानिस जस्तो छु।
हे परमेश्वर, मलाई हेर्नुहोस र म प्रति कृपालु बन्नु होस्।
जसले तपाईंको नाउँको पुकारा गर्छन्,
ती मानिसहरूका लागि असल काम गरिदिनुहोस्।
हे परमप्रभु, तपाईंले कसम खाए झैं मलाई डोर्याउनु होस्
मतर्फ कुनै प्रकारको दुर्घटना घट्न नदिनुहोस्।
हे परमप्रभु, मलाई दुःख-कष्ट दिने मानिसहरूबाट बचाउनु होस्
अनि म तपाईंको आज्ञाहरू पालन गर्ने छु।
हे परमप्रभु, मलाई ग्रहण गर्नुहोस्,
अनि आफ्नो नियमहरू सिकाउनुहोस्।
म आँसुका बलिन्द्रधारा नदी सरी बहाएर रोएँ
किनभने कसैले पनि तपाईंको शिक्षाहरू पालन गरेनन्।

हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ।
तपाईंका नियमहरू सही र ईमान्दार छन्।
तपाईंले हामीलाई आफ्ना करारमा धार्मिक नियमहरू दिनुभयो।
हामी साँच्चै नै तिनीहरूमा भरोसा गर्न सक्छौं।
मेरो उत्साहले मलाई ध्वंश पारिरहेछ।
म अत्यन्त उदास छु किनभने मेरो शत्रुहरूले तपाईंको आज्ञाहरू भूले।
परमप्रभु, हामीले प्रमाण पनि दियौं कि हामी तपाईंकै वचनमा विश्वास गर्छौं।
अनि म यसलाई मन पराउँछु।
म क्षुद्र र तुच्छ छु, अनि मानिसहरूले मेरो आदर गर्दैनन्।
तर म तपाईंको आज्ञाहरू भुल्ने छैन।
परमप्रभु, तपाईंको धार्मिकता चिरस्थायी छ।
अनि तपाईंको उपदेशहरू विश्वास गर्न सकिन्छ।
मसँग सङ्कट र दुःखका दिनहरू छँदै थिए
तर म तपाईंको आज्ञाहरूमा आनन्द लिन्छु।
तपाईंको करार अनन्तको लागि असल छ।
यसलाई समझशक्ति दिनुहोस् ताकि म बाँच्न सकुँ।

हे परमप्रभु, म मेरो सम्पूर्ण हृदयले तपाईंलाई पुकारा गर्छु।
मलाई जवाफ दिनुहोस्! म तपाईंको आज्ञाहरू पालन गर्छु।
हे परमप्रभु, म तपाईंलाई पुकारा गर्छु मलाई बँचाउनु होस्!
अनि म तपाईंको करार पालन गर्नेछु।
तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु।
म तपाईंले भन्नुभएको कुरामा विश्वास गर्दछु।
तपाईंका वचनहरू मनन गर्न
म रातमा अबेर सम्म बस्छु।
आफ्नो सारा प्रेमले, मलाई बोलाउनु होस्।
हे परमप्रभु, तपाईंले ठीक भनेका कुरानै गरूँ अनि मलाई बाँच्न दिनुहोस्।
मानिसहरूले मेरो विरूद्ध दुष्ट योजनाहरू बनाइरहेछन्।
ती मानिसहरूले तपाईंको शिक्षाहरू अनुशरण गर्दैनन्।
परमप्रभु, तपाईं मेरो नजीकै हुनुहुन्छ।
अनि तपाईंका सबै आदेशहरूमा भरोसा गर्न सकिन्छ।
धेरै बर्ष अघिदेखि तपाईंको करारबाट सिकें
कि तपाईंको उपदेशहरू अनन्त रहने छन्।

हे परमप्रभु, मेरो पीडाहरू हेर्नुहोस् र मलाई बचाउनु होस्।
मैले तपाईंको उपदेशहरू भुलेको छैन।
हे परमप्रभु, मेरो लडाइँ मेरो निम्ति लडि दिनु होस् र मलाई बचाउनु होस्।
तपाईंले वचन दिए जस्तै मलाई बाँच्न दिनुहोस्।
दुष्ट मानिसहरूले जित्ने छैन
किनभने तिनीहरूले तपाईंको नियमहरू मान्दैनन्।
हे परमप्रभु, तपाईं कृपालु हुनुहुन्छ।
तपाईंले ठीक भनेकै काम गरूँ, र मलाई बाँच्न दिनुहोस्।
मेरो धेरै शत्रुहरू छन् मलाई घात गर्नेहरू धेरै छन्
तर मैले तपाईंको करार-वचन अनुशरण गर्न देखि रोकिने छैनँ।
म ती विश्वास घातीहरूलाई देख्छु,
तिनीहरूले तपाईंको वचनको पालन गर्दैनन्,
र म तिनीहरूलाई घृणा गर्छु।
हेर्नुहोस्, मैले तपाईंको आज्ञाहरू पालन गर्न यथासक्य कोशिश गरें।
हे परमप्रभु, तपाईंको सारा प्रेमसहित, मलाई बाँच्न दिनुहोस्।
हे परमप्रभु, आदि कालदेखि नै, सारा तपाईंका वचनहरू भरोसा गर्न सकिन्थ्यो।
अनि तपाईंको धार्मिक नियमहरू सदा-सर्वदा रहनेछन्।

प्रभावशाली शासकहरूले अकारण मलाई आक्रमण गरे।
तर डर राख्दछु र तपाईंको नियमलाई आदर गर्दछु।
परमप्रभु, तपाईंको वचनले मलाई आनन्दित तुल्यायो,
धेरै धन पाएर अत्यन्त खुशी भएको मानिसलाई जस्तो।
म झूटाहरूलाई घृणा गर्दछु, म तिनीहरूलाई तिरस्कार गर्दछु।
तर परमप्रभु म तपाईंको शिक्षाहरू मन पराउँछु।
दिनमा सातपल्ट म तपाईंको प्रशंसा गर्छु।
किनकि तपाईँका नियमहरू असलछन्।
मानिसहरू जसले तपाईंको उपदेश मन पराउछन्,
तिनीहरू साँच्चो रूपमा शान्तिमा पुग्दछन्।
केहीले पनि तिनीहरू पतन गराउन सक्दैन।
हे परमप्रभु, म तपाईंलाई पर्खिरहेछु।
मलाई बचाउन्नु होस् भनेर मैले तपाईंको आज्ञाहरू पालन गरें।
मैले तपाईंको करार-वचनलाई अनुशरण गरें।
हे परमप्रभु, म तपाईंको व्यवस्था बढ्ता नै मान्दछु।
मैले तपाईंको करार र आज्ञाहरू पालन गरे।
हे परमप्रभु, मैले गरेका सबै कुराहरू तपाईंलाई थाहा छ।

हे परमप्रभु, मेरो खुशीका गीतलाई सुन्नुहोस्।
तपाईंले कसम खाए जस्तै मलाई बुद्धिमानी बनाउनु होस्।
परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्।
तपाईंले वचन दिए झैं मलाई बचाउनु होस्।
म प्रशंसाको गीत गाँउछु।
किनभने तपाईंले मलाई आफ्नो नियमहरू सिकाउनु भयो।
तपाईंको वचनहरू जवाफ दिन मलाई सहयोग गर्नुहोस् र मलाई मेरो गीत गाउन दिनुहोस्।
परमप्रभु, तपाईंको सारा नियमहरू असल छन्।
मैले तपाईंका आज्ञाहरू पालन गर्न खोजें।
यसैले आउनुहोस् र मलाई साथ दिनुहोस्।
हे परमप्रभु, म चाहन्छु, मलाई बचाउनु होस्।
तर तपाईंको शिक्षाहरूले मलाई खुशी पार्छन्।
मलाई बाँच्न दिनुहोस् र तपाईंको प्रशंसा गर्न दिनुहोस्,
परमप्रभु! तपाईंका नियमहरूले मलाई सघाओस्।
म हराएको भेंडा सरह भड्किरहें।
हे परमप्रभु, आएर मलाई खोज्नु होस्।
म तपाईंको दास हुँ,
अनि मैले तपाईंको भरोसा भुलेको छैन।