“यसकारण ती मानिसहरूदेखि डराउने काम छैन। छोपिएका प्रत्येक कुरा उघारिनेछ। गुप्तमा रहेका प्रत्येक कुरालाई प्रकट गरिनेछ। यी सबै कुराहरू म तिमीहरूलाई अन्धकारमा भन्छु तर तिमीहरूले यो कुरा उज्यालोमा भन्नु पर्छ। यी कुराहरू म तिमीहरूका कानमा कानेखुसी गर्नेछु तर तिमीहरूले यी सबै कुराहरू सबैलाई खुल्लम-खुल्ला भन्नुपर्दछ। “मानिसहरूदेखि नडराऊ। तिनीहरूले तिम्रो शरीलाई मात्र मार्नेछन्। तिनीहरूले आत्मालाई मार्न सक्ने छैनन्। तिमीहरू त्यससंग डराउनु पर्नेछ जसले तिम्रो शरीर र आत्मालाई नै नर्कमा लैजान्छ। उहाँले शरीर र आत्मालाई नरकमा पठाउनु सक्नु हुन्छ। चराहरू बेच्नुपर्दा दुइवटा चराको दाम एक पैसा मात्र तिर्नु पर्नेछ। तर तिम्रा पिताको इच्छबिना एउटै चरापनि मर्ने छैन। तिम्रा टाउकोमा कतिवटा केशहरू छन् उहाँले ती समेत जान्नुहुन्छ। यसकारण डर नमान। तिमीहरू ती चराहरूभन्दा धेरै उत्कृष्ट छौ।
मत्तीको सुसमाचार 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्तीको सुसमाचार 10:26-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू