“एकजना खेती वाला बीऊ छर्नलाई निस्कयो। जब त्यसले बीऊ छर्न थाल्यो कतिपय बीऊहरू बाटोतिर झरे। मानिसहरूले बीऊहरू टेके अनि चरा-चुरुङ्गीले ती बीऊहरू खाइदिए। केही बीऊहरू चट्टानमा छरिए। ती बीऊहरू उम्रन थाले पनि चिसोपनको अभावले सुकी गए। कतिपय बीऊहरू काँढाघारीमा छरिए। ती बीऊहरू उम्रन थाले, तर पछिबाट ती काँढाहरू बढेर तिनीहरूलाई पनि बढन रोक्यो। अनि कतिपय बीऊहरू राम्रै जमीनमा परे। ती बीउहरू उम्रन लागे अनि सय गुणा धेरै अन्न दिनसक्ने भए।” चेलाहरूले उहाँलाइ प्रश्न गरे, “यो कथाको अर्थ के हो?” येशूले भन्नुभयो, “तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य जान्नलाई मौका दिइएकोछ। तर दृष्टान्तहरू म अरू मानिसहरूलाई पनि प्रयोग गर्छु कारण, ‘तिनीहरू हेर्नत हेर्छन्, तर देख्दैनन्, अनि तिनीहरू सुन्दछन्, तर तिनीहरू बुझ्दैनन्।’ “यो दृष्टान्तको अर्थ के हो भनेः बीऊ परमेश्वरको वचन हो। बाटोमा झरेको बीऊहरू के भए होलान? तिनीहरू पनि परमश्वरको वचन सुन्नेहरूर जस्तै हुन् ती वचनहरू लगेर जान्छ। त्यसैले त्यस्ता मानिसहरूले वचनमा विश्वास गर्दैन्न अनि जोगिनेछन्। तर चट्टानमा झरेको बीऊर चाँहि के हुन्? तिनीहरू चाँहि परमेश्वरको वचनहरू सुन्नेहरू जस्तै हुन अनि खुशीसँग ग्रहण गर्छन्। तर ती मानिसहरू गहिरो हुँदैन। तिनीहरू केही समय सम्म मात्र आफ्नो विश्वासमा रहनेछ। त्यसपछि जब केही परीक्षा आउँछ, तिनीहरू विश्वास गर्न छोड्छन् अनि परमेश्वरदेखि टाढा बस्छन्। “काँढाघारीमा झरेको बीऊहरू चाँहि के होलान? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछन्, तर तिनीहरू जीवनका चिन्ता, धन, सुख चैनमा परेर निसासिन्छन्। त्यसैले तिनीहरूबाट फलहरू लाग्न पाऊँदैन। अनि त्यो राम्रो जमीनमा परेको बीऊहरू चाँहि के होला? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचनलाई असल र इमान्दार मनले सुन्छन्। तिनीहरू परमेश्वरको वचन पालन गर्दछन् अनि धैर्यसँग राम्रो फलहरू पनि फलाउँछन्।
लूकाको सुसमाचार 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूकाको सुसमाचार 8:5-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू