तिनीहरूले येशूलाई पक्रे अनि टाढामा लगे। तिनीहरूले उहाँलाई प्रधान-पूजारीको घरमा पुर्याए। पत्रुस पनि तिनीहरूसँगै गए तर तिनी येशूको नजिक गएनन्। सिपाहीहरूले घरको आँगनको माझमा आगो फुके अनि वरिपरि बसे। पत्रुस पनि तिनीहरूसँगै बसे। एउटी नोकर्नीले पत्रुसलाई त्यहाँ बसिरहेकी देखी। आगोको उज्यालोले गर्दा उसले उसलाई देख्न सकी। त्यसले भनी, “यो मानिस पनि ऊसँगै थियो।” तर पुत्रसले हो भन्न मानेन। त्यसले भन्यो, “हे नारि, म उहाँलाई जान्दिनँ।” केही समय पछि, अर्को मानिसले पनि पत्रुसलाई देख्यो अनि भन्यो, “तिमी पनि तिनीहरू मध्ये एक हौ।” तर पत्रुस ले भने, “मानिस, म हैन” प्रायः एक घण्टापछि, अर्को मानिसले भन्यो, “निश्चय यो मानिस उहाँसँगै थियो। किनभने यो पनि गालीलबाट आएको हो।” तर पुत्रसले भन्यो, “हे मानिस तिमीले के विषयमा कुरा गर्न लागिरहेछौ म जान्दिन?” जब पत्रुस बोलिरहेको थियो तुरन्तै भाले बास्यो।
लूकाको सुसमाचार 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूकाको सुसमाचार 22:54-60
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू