YouVersion लोगो
खोज आइकन

लूकाको सुसमाचार 10:1-9

लूकाको सुसमाचार 10:1-9 NERV

त्यसपछि, प्रभु येशूले 72 जना मानिसहरूलाई छान्नु भयो। उहाँले तिनीहरूलाई दुइ-दुइ जनाको दल बनाई आफू जुन-जुन शहर र ठाउँहरू जान चाहनुहुन्थ्यो ती ठाउँहरूमा आफ्नो अगुवा बनाई पठाउनु भयो। येशूले भन्नु भयो, “फसल त धेरै छ, तर खेतालाहरू कम्ती छन्। यसर्थ फसलका प्रभुलाई प्रार्थना गर ताकि उहाँले आवश्यकता अनुसार खेतालाहरू पठाउन सकुन्। “अब तिमीहरू जानसक्छौ। तर सुन! म तिमीहरूलाई पठाउँदैछु, अनि तिमीहरू ब्वाँसोहरू माझ भेंडा़ जस्तै हुनेछौ। पैसा, झोला जुत्ता केही साथमा नलैजाऊ। बाटो हिंड्दा मानिसहरूसँग बोल्न नछाड। कसैको घरमा पस्न अघि भन, ‘यस घरमा तिमीहरूलाई शान्ति होस्।’ यदि शान्तिप्रिय मानिस त्यहाँ छ भने, तिमीहरूको शान्तिको आशीर्वाद उहीसँग रहनेछ। यदि त्यहाँ शान्तिप्रिय मानिस छैन भने तिमीहरूको शान्तिको आशीर्वाद तिमीहरूसँगै फिर्ता हुनेछ। शान्त घरमा बस, मानिसहरूले जे खाना-पिउन दिन्छन्, खाऊ। किनभने कर्मचारीले आफ्नो ज्याला पाउनु योग्यको हुन्छ। अर्को घरमा बस्नलाई पहिलो घर नछोड। “यदि तिमीहरू शहरमा जान्छौ र मानिसहरूले त्यहाँ स्वागत गर्छन् भने, तिनीहरूले जे खानेकुरा दिन्छन् खाऊ। त्यस ठाँउका बिमारीहरूलाई निको पार। अनि तिनीहरूलाई भन, ‘परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ।’