YouVersion लोगो
खोज आइकन

अय्यूबको पुस्तक 42:1-9

अय्यूबको पुस्तक 42:1-9 NERV

तब अय्यूबले परमेश्वरलाई जवाफ दिए: “परमप्रभु, म जान्दछु तपाईंले सब कुराहरू गर्न सक्नु हुन्छ। तपाईंले योजनाहरू बनाउनु हुन्छ, अनि कसैले पनि परिवर्तन गर्न वा रोक्न सक्तैन। परमप्रभु, तपाईंले यो प्रश्न सोध्नुभयोः ‘को अज्ञानी मानिस हो, जसले यस्ता अर्थहीन कुराहरू गर्यो?’ परमप्रभु, मैले ती कुराहरूको बारे बोलें जुन मैले बुझिनँ। मैले ती कुराहरू भनें जुन मेरो लागि बुझ्नु अति अचम्मित थियो। “परमप्रभु, तपाईंले मलाई भन्नुभयो, ‘सुन अय्यूब, म भन्ने छु। म तिमीलाई प्रश्नहरू सोध्ने छु अनि तिमीले मलाई जवाफ दिनेछौ।’ परमप्रभु, बितेका दिनहरूमा, मैले तपाईं बारे सुनेको थिएँ तर अहिले तपाईंलाई मेरै आँखाले देखें। अनि परमप्रभु, म स्वयं नै लज्जित भएँ। परमप्रभु, म अत्यन्त दुःखी छु। मैले जे गरें त्यसको पश्चातापका निम्ति मैले आफैंलाई धूलो र खरानीले पुर्दैछु।” अय्यूब सँग बात-चीत गरिसके पछि, परमेश्वर तेमानीबाट आएका एलीपजसँग बोल्नु भयो। परमेश्वरले एलीपजलाई भन्नुभयो, “म तिमी साथै तिम्रो दुइ साथीहरूसँग रिसाएको छु। किनभने तिमीहरूले मेरो विषयमा सही कुरा गरेनौ। तर अय्यूब मेरो सेवक हो। अय्यूबले मेरो विषयमा ठीक कुरा गर्छ। यसकारण अब तिमीहरूले, सातवटा गोरूहरू र सातवटा भेंडाहरू ल्याऊ। ती सब मेरो सेवक अय्यूबलाई देऊ। तिनीहरूलाई मार तिमीहरूका निम्ति होमबलि अर्पण गर। मेरो सेवक अय्यूबले तिमीहरूका लागि प्रार्थना गर्नेछ अनि त्यो प्रार्थनाको उत्तर दिनेछु। त्यसपछि म तिमीहरूलाई दण्ड दिने छैन जसको लागि तिमीहरू योग्य थियौ। तिमीहरूले ठीक कुराहरू मेरो बारेमा बोलेनौ तर मेरो सेवक अय्यूबले मेरो बारेमा ठीक कुराहरू गरे।” यसकारण तेमान बासिन्दा एलीपज अनि शुहबाट आएका बिल्दद साथै नामाहबाट आएका सोपरले परमप्रभुको आज्ञा पालन गरे। त्यसपछि परमप्रभुले अय्यूबको प्रार्थनाको जवाफ दिनुभयो।