YouVersion लोगो
खोज आइकन

उत्पत्तिको पुस्तक 13:1-4

उत्पत्तिको पुस्तक 13:1-4 NERV

अब्रामले उसकी पत्नी, भतिजो लूत अनि तिनीसँग भएका अन्य सबै वस्तुहरू लिएर नेगेब हुँदै मिश्र देश छोडे। यस समय अब्राम निकै धनी थिए कारण तिनीसँग घेरै गाई-वस्तु र घेरै सुन-चाँदीहरू थिए। अब्रामले नेगेब पार गरे अनि बेतेल गए अनि त्यो स्थान बेतेल अनि ऐ-शहरहरूको बीचमा आइपुगे। त्यहाँ पाल बनाएका थिए अनि वेदी पनि बनाएका थिए। यसर्थ अब्रामले त्यहाँ परमप्रभुलाई उपासना गरे।