“हे मानिसको छोरो! यी मानिसहरू तिमीसित बात गर्न आएकाछन्। तिनीहरू चाहन्छन् तिमीले मसँग सल्लाह लिउन्। तर ती मानिसहरूले आज सम्म आफ्ना घिनलाग्दो मूर्तिहरू राखेकै छन्। तिनीहरू ती चीजहरू राख्छन् जसले तिनीहरूलाई पाप गराउँछन्। तिनीहरू आज सम्म त्यही मूर्ति पूजा गरिरहेकाछन्। यसकारण, तिनीहरू मकहाँ सल्लाह लिन किन आउँछन्? के मैले उनीहरूको प्रश्नहरूको उत्तर दिनुपर्छ? अँहँ! तर म तिनीहरूलाई उत्तर दिन्छु। तिमीले तिनीहरूलाई भन्नु पर्छ, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ यदि कोही इस्राएलीहरू अगमवक्ताकहाँ जान्छ अनि मदेखि सल्लाह माग्छ भने यदि त्यो मानिसले उसका मूर्तिहरू राखेकोछ भने त्यो मानिसको प्रश्नको उत्तर म आफैं दिनेछु। यदि उसले ती चीजहरू जसले तिनीहरूलाई पाप कर्महरू गराउन उकास्छ अनि यदि उसले मूर्तिहरूको पूजा गर्छ भने म उसित कुरा गर्नेछु।
इजकिएलको पुस्तक 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएलको पुस्तक 14:3-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू