YouVersion लोगो
खोज आइकन

एफिसीहरूलाई पावलको पत्र 4:8-10

एफिसीहरूलाई पावलको पत्र 4:8-10 NERV

त्यसैले शास्त्रमा यस्तो भनिएको छ, “उहाँ माथि आकाशमा जानुभयो, आफूसितै कैदीलाई बन्दी बनाएर लानु भयो, अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।” “उहाँ माथि जानु भयो” भन्दा के बुझ्न सकिन्छ? यसको अर्थ, पहिले उहाँ तल पृथ्वीमा आउनु भयो। येशू तल आउनु भयो र उहाँ नै हुनुहुन्छ जो माथि जानु भयो। उहाँ सबभन्दा अल्गो आकाशमा जानु भयो। त्यो आफूमा पूर्ण होस् भनेर ख्रीष्टले यस्तो गर्नुभयो।