तिमीहरूको शरीरहरू ख्रीष्टका अंगहरू हुन् यो कुरो तिमीहरूलाई थाहा छ। यसैले मैले ख्रीष्टका अंगहरूलाई कुनै वेश्याको अंगसित एक बनाउनु हुदैंन। शास्त्रमा लेखिएको छः “ती दुइजना मानिसहरू एक जीउ बन्नेछ।” यसैले तिमीहरूले बुझनु पर्छ वेश्यासित यौन सम्बन्ध राख्ने मानिस वेश्याकै शरीरसित एक बन्नेछ। तर जो प्रभुसित जोडिन्छ त्यो मानिस आत्मामा प्रभु सितै एक बन्दछ। यसैकारण यौन पापदेखि अलग हौ। मानिसले अरू जुन सुकै अपराध गरोस् त्यो शरीरदेखि बाहिर हुँदछ तर उसले गरेको यौन अपराध आफ्नै शरीरको विरुद्ध हुनेछ।
कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 6:15-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू