YouVersion लोगो
खोज आइकन

जकरिया 9:9-10

जकरिया 9:9-10 सरल नेपाली

रमाओ, हे सियोनका बासिन्‍दाहरू हो, रमाओ! हे यरूशलेमका मानिसहरू हो, आनन्‍दले सोर मच्‍चाओ! हेर, तिमीहरूका राजा तिमीहरूकहाँ आउँदै हुनुहुन्‍छ। विजय र उद्धारको साथ आउनुहुन्‍छ, तर नम्र बनी गधामा अर्थात् गधैनीको बछेडामा चढी आउनुहुन्‍छ। परमप्रभु भन्‍नुहुन्‍छ, “एफ्राइमबाट म लडाइँका रथहरू हटाउनेछु र यरूशलेमबाट जङ्गी घोडाहरू लैजानेछु, लडाइँका धनुहरू भाँचिदिनेछु। तेरा राजाले जाति-जातिका बीच मेल-मिलाप ल्‍याउनेछ, त्‍यसको राज्‍य समुद्रदेखि समुद्रसम्‍म, अँ, यूफ्रेटिस नदीदेखि पृथ्‍वीको अन्‍तसम्‍मै फैलिनेछ।”

जकरिया 9 पढ्नुहोस्