जकरिया 3
3
महा-पूजाहारीको दर्शन
1 #
एज्रा 5:2;
प्रकाश 12:10
परमप्रभुले मलाई अर्को एउटा दर्शन दिनुभयो। मैले महा-पूजाहारी यहोशू परमप्रभुको दूतको अगाडि उभिएका देखें। त्यहाँ यहोशूको छेउमा उनलाई दोष दिन शैतान उभिरहेको थियो। 2#यहूदा 1:9परमप्रभुका दूतले शैतानलाई भने, “शैतान, तँलाई परमप्रभुले हप्काऊन्! यरूशलेमलाई चुन्नुहुने परमप्रभुले तँलाई सजाय देऊन्! यो मानिस त आगोबाट निकालिएको अगुल्टो मात्र होइन?”
3यहोशू मैला लुगा लाएर उभिएका थिए। 4स्वर्गदूतले तिनका सुसारेहरूलाई भने, “यस मानिसको मैलो लुगा फुकालिदेओ।” त्यसपछि उनले यहोशूलाई भने, “हेर, मैले तिम्रो पाप हटाइदिएको छु र म तिमीलाई बहुमूल्य लुगा लगाइदिनेछु।”
5उनले सुसारेहरूलाई यहोशूको टाउकोमा सफा फेटा लाइदिने आज्ञा दिए। सुसारेहरूले त्यसै गरे र उनको जिउमा बहुमूल्य लुगा पनि लाइदिए। स्वर्गदूतचाहिँ त्यहीँ उभिरहेका थिए।
6तब स्वर्गदूतले सर्वशक्तिमान् परमप्रभुका यी वचन यहोशूलाई सुनाए, 7“यदि तैँले मेरा नियमहरू पालन गरिस् र मैले खटाएका कामहरू पूरा गरिस् भने, तैँले मेरो मन्दिर र त्यसका चोकहरूको हेरचाह गर्नेछस् र यहाँ उभिएकाहरूलाई झैँ मेरो सामु आउने अधिकार तँलाई दिनेछु। 8#यर्मिया 23:5; 33:15; जकरिया 6:12हे महा-पूजाहारी यहोशू! तँ र तेरा सङ्गी पूजाहारीहरू सबैले यो कुरा सुन! तिमीहरू आउने असल दिनहरूका लक्षण हौ। हाँगा कहलाइने मेरो सेवकलाई म प्रकट गर्नेछु। 9म यहोशूको अघि एउटा सातपाटे ढुङ्गा राख्नेछु। म त्यसमा केही अक्षर खोप्नेछु र एकै दिनमा यो देशको पाप हटाइदिनेछु। 10#मीका 4:4त्यो दिन आएपछि तिमीहरू हरेकले आफ्ना छिमेकीलाई आफ्ना दाखबारी र नेभाराका बोटहरूबीच शान्ति-सुरक्षासाथ बस्न निम्तो दिनेछौ।”
अहिले सेलेक्ट गरिएको:
जकरिया 3: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.