म पावल परमेश्वरकै कमारो र ख्रीष्ट येशूकै प्रेरित यो पत्र लेख्दै छु। परमेश्वरले मलाई छान्नुभयो र उहाँका चुनिएकाहरूको विश्वास बढाउन पठाउनुभयो र परमेश्वरलाई मनपर्दो जीवनसँग मिल्ने सत्यतिर तिनीहरूलाई पुर्याउन पनि मलाई खटाउनुभयो। यो सत्यचाहिँ अजम्मरी जीवनको आशामा अडिएको छ। कहिले पनि झूटो नबोल्ने परमेश्वरले सृष्टि हुनुभन्दा अघि नै हामीलाई यो जीवन दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको थियो। अनि ठीक समयमा नै उहाँले यो आफ्नो सुसमाचारमा प्रकट गर्नुभयो। यही सुसमाचार सुनाउने जिम्मा हामीलाई मुक्ति दिनुहुने परमेश्वरको हुकुमअनुसार मलाई दिइयो। मसँग एकै किसिमको विश्वासमा भएको मेरो साँचो छोरा तीतसलाई यो पत्र लेख्दै छु। परमेश्वर पिता र हामीलाई मुक्ति दिनुहुने ख्रीष्ट येशूले तिमीलाई अनुग्रह र शान्ति देऊन्। त्यहाँ बाँकी रहेका काम पूरा गर्न तिमीलाई क्रेटमा छोडेको हुँ। हरेक सहरमा धर्म-गुरुहरू नियुक्त गर्न मैले तिमीलाई त्यहाँ छोडें। मण्डलीका धर्म-गुरुहरूलाई कसैले पनि दोष लाउन नसकोस्, एउटै मात्र पत्नी भएका, नराम्रा चालचलन नभएका र तिनका छोरा-छोरीहरू पनि भनेको मान्ने र विश्वासी हुनुपर्छ। मण्डलीको अगुवाले परमेश्वरको कामको जिम्मा लिएका हुन्छन्। यसकारण तिनी कुनै दोष नभएका मानिस हुनुपर्दछ। तिनी आफूखुसी गर्ने, छिट्टै रिसाउने, मात्तिने, मारपिट गर्ने र माग्ने लोभी हुनुहुँदैन। तिनी पाहुनाहरूको सत्कार गर्ने र असल काम, राम्रा कुरा मन पराउने अनि होश राखेर काम गर्ने, न्यायी, पवित्र र आफैंलाई वशमा राख्ने हुनुपर्दछ। आफूले पाएको साँचो शिक्षामा लागिरहने र अरूलाई पनि यो शिक्षा दिएर साहस दिन सक्ने हुनुपर्दछ। यो शिक्षा हामीले सिकाएबमोजिम हुनुपर्छ अनि यसको विरोध गर्नेहरूको गल्तीलाई पनि देखाइदिन सक्नेछौ।
तीतस 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: तीतस 1:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू