रूथ पुस्तक परिचय
पुस्तक परिचय
रूथको यो शान्तिपूर्ण कथाको घटना न्यायकर्ताहरूको पुस्तकको हिंसात्मक समयकालमा घटेको हो। मोआबी स्त्री रूथको एक इस्राएलीसँग विवाह भएको थियो। आफ्ना पति मरेपछि रूथले आफ्नी इस्राएली सासूप्रति असाधारण वफादारीता देखाउँछिन् अनि इस्राएलका परमेश्वरप्रति गहिरो भक्ति प्रकट गर्छिन्। अन्त्यमा उनले आफ्ना पूर्व पतिका नातेदारहरूमध्ये एक नयाँ पति भेट्छिन् अनि त्यही वैवाहिक सम्बन्धद्वारा इस्राएलका महान् राजा दाऊदकी पुर्ख्यौली हजुरआमा बन्न पुग्छिन्।
न्यायकर्ताहरूका कथाहरूले परमेश्वरका मानिसहरू उहाँबाट टाढा हुँदा आइपरेको विपत्तिलाई देखाउँछन्। रूथको पुस्तकले चाहिँ इस्राएलका परमेश्वरकहाँ आउने एक विदेशीमाथि आएको आशिष् अनि तिनी उहाँका विश्वासयोग्य मानिसहरूसँग एक बन्न पुगेको घटनालाई देखाउँछन्।
संक्षिप्त विषय-सूची
नाओमी रूथसित बेथलेहेम फर्किएकी १:१-२२
रूथ र बोअजको भेट २:१—३:१८
बोअज र रूथको विवाह ४:१-२२
अहिले सेलेक्ट गरिएको:
रूथ पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.