प्रकाश पुस्तक परिचय
पुस्तक परिचय
यूहन्नालाई भएको यो प्रकाश यस्तो बेला लेखिएको थियो, जब ख्रीष्टियानहरू घोर सतावट र खेदोमा परेका थिए किनभने तिनीहरूले येशू ख्रीष्टलाई आफ्ना प्रभु मानेर उहाँमा विश्वास गरेका थिए। यूहन्नाले तिनको पत्र पढ्नेहरूलाई विशेषगरी आशा र ढाडस दिन र तिनीहरूलाई दु:ख र सतावटका समयमा आफ्ना विश्वासमा डटिरहन जोड दिएका छन्।
यस पुस्तकको धेरैजसो भाग प्रकाशहरू र दर्शनहरूका कतिवटा क्रमहरूलाई चिन्हहरूमा देखाइएका छन्। यस्ता चिन्ह त्यस बेलाका ख्रीष्टियानहरूले बुझ्न सक्ने, तर अरूहरूलाई भने बुझ्न गाह्रो पर्ने हुन्थे। यस पुस्तकका विषयहरू स्वरमेलका लयहरूजस्तै थरीथरीका दर्शनहरूका क्रमहरूद्वारा बेग्ला-बेग्लै प्रकारले घरीघरी दोहोर्याइएका छन्। हुन त धेरैले यस पुस्तकको अर्थ भिन्नभिन्नै प्रकारले लगाउँछन् तर पनि मूल विषय भने स्पष्टै छ। त्यो हो: प्रभु ख्रीष्टद्वारा परमेश्वरले शैतानसहित उहाँका सारा शत्रुहरूलाई सधैँको लागि हटाउनुहुनेछ र जहिले यो जित पूरा हुन्छ, उहाँले आफ्ना विश्वासीहरूलाई इनामको रूपमा नयाँ स्वर्ग र नयाँ पृथ्वीको आशिष् दिनुहुनेछ।
संक्षिप्त विषय-सूची
परिचय १:१-८
सुरुका दर्शन र सात मण्डलीलाई पत्र १:९—३:२२
सात मोहरहरू भएको मुठो ४:१—८:१
सात तुरहीहरू ८:२—११:१९
अजिङ्गर र दुईवटा पशुहरू १२:१—१३:१८
विभिन्न दर्शनहरू १४:१—१५:८
परमेश्वरको क्रोधका सात कचौरा १६:१-२१
बेबिलोनको पतन, पशुको हार, झूटो अगमवक्ता र शैतान १७:१—२०:१०
आखिरी न्याय २०:११-१५
नयाँ स्वर्ग, नयाँ पृथ्वी र नयाँ यरूशलेम २१:१—२२:५
समाप्ति २२:६-२१
अहिले सेलेक्ट गरिएको:
प्रकाश पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.