YouVersion लोगो
खोज आइकन

प्रकाश 17:1-5

प्रकाश 17:1-5 सरल नेपाली

सात बटुका भएका सात स्‍वर्गदूतहरूमध्‍ये एउटाले मेरो छेउमा आएर भने, “आऊ र त्‍यो महा-वेश्‍याले कसरी सजाय पाउनेछे भनी म तिमीलाई देखाउनेछु। त्‍यस महा-वेश्‍या धेरै नदीहरूका छेउमा बनेको महानगर हो। संसारका राजाहरूले त्‍योसित गएर व्‍यभिचार गर्थे र संसारका मानिसहरू जाँडले मातेजस्‍तो त्‍यो वेश्‍यासँगको व्‍यभिचारमा मातिरहेका थिए।” तब म पवित्र आत्‍माले भरपूर भएँ र स्‍वर्गदूतले मलाई उजाड-स्थानमा लगे। रातो जन्‍तुमाथि चढेकी एउटी स्‍त्री मैले त्‍यहाँ देखें। त्‍यस जनावरका सात टाउका र दश वटा सिङ थिए र परमेश्‍वरलाई अपमान गर्ने नाउँहरू त्‍यसको जिउमा सबैतिर लेखिएको थियो। त्यस स्‍त्रीले बैजनी र रातो चहकिलो पोशाक लाएकी थिई र सुन, बहुमूल्‍य मणि र मोतीहरूका गहनाहरूले जिउभरि सिँगारिएकी थिई। त्‍यसले हातमा सुनको एउटा बटुका समाइरहेकी थिई। त्‍यो बटुकाचाहिँ त्‍यसको व्‍यभिचारका अनेक फोहोर र घिनलाग्‍दा कुराले भरिएको थियो। एउटा गुप्‍त अर्थ भएको नाउँ त्‍यसको निधारमा लेखिएको थियो, “महा-बेबिलोन, संसारका सबै वेश्‍या र घिनलाग्‍दा काम गर्नेहरूकी आमा!”

प्रकाश 17 पढ्नुहोस्