तपाईंबाट बल पाउनेहरू र सियोन पहाडमा जानलाई इच्छुक रहनेहरू कति खुसी छन्। तिनीहरू बाकाको बेसीको बीच भएर जाँदा त्यहाँ पानी उम्रनेछ, शरद् ऋतुको वर्षाले त्यहाँ पोखरीहरू भरिन्छन्। तिनीहरू बाटोमा जाँदैगर्दा झन् बलिया हुन्छन्, तिनीहरूले सियोनमा देवी-देवताहरूका पनि परमेश्वरलाई देख्नेछन्। परमप्रभु, सर्वशक्तिमान् परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्। हे याकूबका परमेश्वर, मतिर कान थाप्नुहोस्! हे परमेश्वर, तपाईंले चुन्नुभएको हाम्रा राजालाई आशिष् दिनुहोस्। अरू कहीँ पनि बिताएका एक हजार दिनभन्दा तपाईंको मन्दिरमा बिताएको एक दिन असल हो। दुष्टहरूको घरमा बस्नुभन्दा त बरु म परमेश्वरको भवनको ढोकामा बस्न रुचाउँदछु। परमप्रभु हाम्रा रक्षक र गौरवपूर्ण राजा हुनुहुन्छ। उहाँले हामीलाई दया र मान गरेर आशिष् दिनुहुन्छ। उहाँले असल काम गर्नेहरूलाई कुनै पनि असल कुरो इन्कार गर्नुहुन्न। सर्वशक्तिमान् परमप्रभु! तपाईंमा भरोसा राख्नेहरू कति खुसी छन्!
भजनसंग्रह 84 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 84:5-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू