YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 76

76
विजयी परमेश्‍वर
1यहूदाले परमेश्‍वरलाई जान्‍दछ,
इस्राएलमा उहाँको नामको आदर हुँदछ।
2उहाँको भवन यरूशलेममा छ,
उहाँ सियोनको पहाडमा बास गर्नुहुन्‍छ।
3त्‍यहाँ उहाँले आफ्‍ना शत्रुहरूका धनु, ढाल, तरवार
अनि तिनीहरूका सबै हात-हतियारहरू भाँच्‍नुभयो।
4हे परमेश्‍वर, तपाईं कस्‍तो महिमाले पूर्ण हुनुहुन्‍छ!
तपाईं आफ्‍ना शत्रुहरूलाई हराउनुभएर पहाडहरूबाट फर्कनुहुँदा
कति गौरवले पूर्ण हुनुहुन्‍छ।
5तिनीहरूका साहसी सिपाहीहरूबाट सबै थोक खोसिएका छन्
र अहिले तिनीहरू मृत्‍युको निद्रामा परेका छन्।
तिनका सारा बल र बुद्धि बेकामका भएका छन्।
6हे याकूबका परमेश्‍वर, तपाईंले तिनीहरूलाई तर्साउनुहुँदा
तिनीहरूका घोडाहरू र सवारहरू लडेर मरे।
7हे परमप्रभु! सबैले तपाईंको भय मान्‍छन्,
तपाईं रिसाउँनुहुँदा तपाईंको अघि कोही पनि उभिन सक्‍दैन।
8-9तपाईंले स्‍वर्गदेखि आफ्‍नो न्‍याय जनाउनुभयो;
जब पृथ्‍वीमा सताइएकाहरूलाई बचाउन तपाईं आफ्‍नो न्‍याय सुनाउन उभिनुभयो,
तब संसार डराएर चुप भयो।
10मानिसले रिस गर्छ,
तापनि त्‍यसले केवल तपाईंको प्रशंसालाई बढाउँदछ,
लडाइँदेखि बाँच्‍नेहरूले तपाईंका चाडहरू मनाउनेछन्।
11परमप्रभु तिम्रा परमेश्‍वरलाई जे प्रतिज्ञा गरेका छौ, त्‍यो चढाओ,
तिमी छेउ-छेउका जातिहरूले उहाँलाई भेटी चढाओ।
परमेश्‍वरले मानिसहरूलाई उहाँको डर मान्‍न लाउनुहुन्‍छ।
12उहाँले घमण्‍डी शासकहरूलाई होच्‍याउनुहुन्‍छ
र महान् राजाहरूलाई डरले भयभित पार्नुहुन्‍छ।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 76: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्