YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 58

58
दुष्‍टलाई दण्‍ड दिन परमेश्‍वरलाई प्रार्थना
1हे राजाहरू हो!
के तिमीहरूले साँचो निसाफ कहिल्‍यै दिँदछौ?
के तिमीहरूले निष्‍कपटसाथ सबै मानिसको न्‍याय गर्दछौ?
2होइन, तिमीहरूले सक्‍दो दुष्‍कर्म मात्रै सोचिरहन्‍छौ
र देशमा हिँसाका उपद्रवहरू गर्दछौ।
3दुष्‍ट मानिसहरूले जीवनभरि दुष्‍कर्म गर्दछन्,
तिनीहरूले जन्‍मेका दिनदेखि झूट बोल्‍छन्।
4तिनीहरू साँपजस्‍ता विषले भरिएका हुन्‍छन्,
बहिरा गोमन साँपले जस्‍तै तिनीहरूले कान बन्‍द गर्दछन्।
5त्‍यसले साँप नचाउने मानिसको स्‍वर
वा चलाख जादूवालाको मन्‍त्र सुन्‍दैन।
6हे परमेश्‍वर! ती डरलाग्‍दा सिंहहरूका दाँत भाँच्‍नुहोस्।
7तिनीहरू चुहुने पानीझैँ बिलाऊन्,
तिनीहरू बाटोमा परेको झारपातझैँ चुर-चुर पारिऊन्।
8तिनीहरू माटोमा बिलिजाने चिप्‍लेकिराजस्‍ता होऊन्,
तिनीहरू उज्‍यालो कहिल्‍यै नदेख्‍ने जन्‍मँदै मरेको बालकजस्‍ता होऊन्।
9चालै नपाई तिनीहरू झारपातझैँ फाँडिन्‍छन्,
जिउँदै छँदा परमेश्‍वरले आफ्‍नो भयानक क्रोधमा
तिनीहरूलाई बतासले झैँ उडाइदिनुहुनेछ।
10पापीहरूले दण्‍ड पाएको देख्‍दा धर्मीहरू खुसी हुन्‍छन्,
दुष्‍टहरूको रगतमा तिनीहरू खुट्टा चाल्‍दै हिँड्छन्।
11मानिसहरूले भन्‍नेछन्, “धर्मीहरूले साँच्‍चै इनाम पाउँछन्,
निश्‍चय नै संसारको न्‍याय गर्ने एक परमेश्‍वर हुनुहुन्‍छ।”

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 58: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्