YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 37:1-11

भजनसंग्रह 37:1-11 सरल नेपाली

दुष्‍ट मानिसका कारणले चिन्‍तित नहोओ, दुष्‍कर्म गर्नेहरूसँग डाहा नगर। तिनीहरू सुकिजाने घाँसजस्‍तै हराउनेछन्; तिनीहरू ओइली जाने झारपातझैँ मर्नेछन्। परमप्रभुमा भरोसा गर र भलाइ गर। देशमा कुशलसँग बास गर। परमप्रभुमा आफ्‍नो आनन्‍द खोज र उहाँले तिमीलाई तिम्रो मनले चाहेको कुरा दिनुहुनेछ। आफैंलाई परमप्रभुकहाँ सुम्‍पिदेऊ, उहाँमा भरोसा राख; उहाँले तिमीलाई सहायता गर्नुहुनेछ। उहाँले मध्‍यदिनको घामजस्‍तै तिम्रा धार्मिकतालाई चम्‍काउनुहुनेछ। धैर्य गर र परमप्रभुलाई काम गर्न देऊ, फलिफाप हुने मानिसका कारणले वा कोही आफ्‍ना दुष्‍ट युक्तिमा सफल भएमा चिन्‍ता नगर, त्‍यसको कारणले पनि चिन्‍तित नहोऊ। रिस र चिन्‍ता नगर, त्‍यसो गर्नाले कष्‍ट मात्र पाइन्‍छ। परमप्रभुमा भरोसा राख्‍नेहरूले देश आफ्‍ना हात पार्छन्, तर दुष्‍टचाहिँ धपाइनेछन्। दुष्‍टहरू चाँडै हराइजानेछन्; तिमीहरूले तिनीहरूलाई खोजौला तर भेट्टाउनेछैनौ। नम्रहरूले देशमाथि अधिकार गर्नेछन्, तिनीहरूलाई शान्‍ति र फलिफाप हुनेछ।

भजनसंग्रह 37 पढ्नुहोस्