भजनसंग्रह 21
21
विजयको लागि प्रशंसा
1हे परमप्रभु! तपाईंले शक्ति दिनुभएको हुनाले राजा प्रसन्न छन्,
उनले आनन्द गर्छन् किनभने तपाईंले उनलाई विजयी बनाउनुभयो।
2तपाईंले उनको हृदयको इच्छा पूरा गरिदिनुभयो
र उनको बिन्तीको उत्तर दिनुभयो।
3ठूलो आशिष् लिएर तपाईं उनीकहाँ आउनुभयो
र उनको टाउकोमा सुनको मुकुट लगाइदिनुभयो।
4उनले जीवन मागे र त्यो उनलाई तपाईंले दिनुभयो,
तपाईंले उनलाई लामो आयु र चिरस्थायी जीवन दिनुभयो।
5तपाईंको सहायताले गर्दा उनको गौरव महान् भएको छ,
तपाईंले उनलाई सुनाम र राजकीय सम्मान दिनुभएको छ।
6उनीसँग सदा तपाईंका आशिष् छन्
र तपाईंको उपस्थितिद्वारा उनी आनन्दले भरिन्छन्।
7राजाले सर्वशक्तिमान् परमप्रभुमा भरोसा राख्दछन्
र परमप्रभुको अनन्त प्रेमले गर्दा उनी सधैँ सुरक्षित रहन्छन्।
8राजाले आफ्ना सबै शत्रुहरूलाई कैद गर्नेछन्,
आफूलाई घृणा गर्ने सबैलाई उनले कैद गर्नेछन्।
9उनी देखा पर्दा दन्केको आगाले झैँ
उनले तिनीहरूलाई नाश गर्नेछन्।
आफ्नो रिसमा परमप्रभुले तिनीहरूलाई स्वाहा पार्नुहुनेछ
र आगोले तिनीहरूलाई भस्म पार्नेछ।
10तिनीहरूका साखा-सन्तान कोही पनि बाँच्नेछैन,
राजाले तिनीहरू सबैलाई मार्नेछन्।
11तिनीहरूले आफ्ना युक्ति निकाल्छन् र उनको विरुद्धमा जाल रच्छन्,
तर तिनीहरू सफल हुनेछैनन्।
12उहाँले तिनीहरूलाई काँडले हान्नुहुनेछ
र तिनीहरू फर्केर भागिजानेछन्।
13हे परमप्रभु! तपाईंको महान् सामर्थ्यको लागि हामी तपाईंको प्रशंसा गर्छौं!
हामी तपाईंको शक्तिको प्रशंसा गर्दै गीत गाउँछौं।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 21: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.