भजनसंग्रह 150

150
परमप्रभुको प्रशंसा
1परमप्रभुको प्रशंसा गर!
उहाँको पवित्र मन्‍दिरमा परमेश्‍वरको प्रशंसा गर!
स्‍वर्गमा उहाँको सामर्थ्‍यको प्रशंसा गर!
2उहाँले गर्नुभएको शक्तिशाली कामहरूको निम्‍ति उहाँको प्रशंसा गर,
उहाँको सर्वोच्‍च महान्‌ताको प्रशंसा गर!
3तुरही फुकेर उहाँको प्रशंसा गर,
वीणा र सितार बजाएर उहाँको प्रशंसा गर!
4ढोल बजाएर नाच्‍दै उहाँको प्रशंसा गर,
वीणा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
5झ्‍याली बजाएर उहाँको प्रशंसा गर,
जोडले झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली बजाएर उहाँको प्रशंसा गर!
6सबै जीवित प्राणीहरूले परमप्रभुको प्रशंसा गर!
परमप्रभुको प्रशंसा गर!

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 150: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्