YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 136

136
धन्यवादको भजन
1 # १ इतिहास 16:34; २ इतिहास 5:13; 7:3; एज्रा 3:11; भजनसंग्रह 100:5; 106:1; 107:1; 118:1; यर्मिया 33:11 परमप्रभुलाई धन्‍यवाद देओ
किनभने उहाँ भलो हुनुहुन्‍छ,
उहाँको प्रेम अमर छ।
2सबै देवताहरूभन्दा महान् परमेश्‍वरलाई धन्‍यवाद देओ;
उहाँको प्रेम अमर छ।
3सबै मालिकहरूभन्दा सर्वसामर्थी परमप्रभुलाई धन्‍यवाद देओ;
उहाँको प्रेम अमर छ।
4उहाँले मात्र आश्‍चर्यका ठूल्‍ठूला कामहरू गर्नुहुन्‍छ;
उहाँको प्रेम अमर छ।
5 # उत्‍पत्ति 1:1 आफ्‍ना बुद्धिले उहाँले स्‍वर्ग बनाउनुभयो;
उहाँको प्रेम अमर छ।
6 # उत्‍पत्ति 1:2 उहाँले गहिरा सागरहरूमाथि पृथ्‍वीलाई बसाल्‍नुभयो;
उहाँको प्रेम अमर छ।
7 # उत्‍पत्ति 1:16 उहाँले घाम र जून बनाउनुभयो;
उहाँको प्रेम अमर छ।
8घाम दिउँसो राज्‍य गर्न बनाउनुभयो;
उहाँको प्रेम अमर छ।
9जून र ताराहरू राती राज्‍य गर्न बनाउनुभयो;
उहाँको प्रेम अमर छ।
10 # प्रस्‍थान 12:29 मिश्रीहरूका जेठा छोराहरूलाई उहाँले मार्नुभयो;
उहाँको प्रेम अमर छ।
11 # प्रस्‍थान 12:51 उहाँले इस्राएलीहरूलाई मिश्रदेशदेखि निकाली ल्‍याउनुभयो;
उहाँको प्रेम अमर छ।
12आफ्‍ना बलिया हात र शक्तिमान् पाखुराले निकाल्‍नुभयो;
उहाँको प्रेम अमर छ।
13 # प्रस्‍थान 14:21-29 उहाँले लाल समुद्रलाई बीचमा भाग गर्नुभयो;
उहाँको प्रेम अमर छ।
14आफ्‍ना प्रजालाई त्‍यसका बीचदेखि डोर्‍याउनुभयो;
उहाँको प्रेम अमर छ।
15तर मिश्रका राजा र तिनका सेनालाई डुबाउनुभयो;
उहाँको प्रेम अमर छ।
16उहाँले आफ्‍ना प्रजालाई मरुभूमिका बीचबाट डोर्‍याउनुभयो;
उहाँको प्रेम अमर छ।
17उहाँले शक्तिशाली राजाहरूलाई मार्नुभयो;
उहाँको प्रेम अमर छ।
18उहाँले प्रख्‍यात राजाहरूलाई मार्नुभयो;
उहाँको प्रेम अमर छ।
19 # गन्ती 21:21-30 एमोरीहरूका राजा सिहोनलाई मार्नुभयो;
उहाँको प्रेम अमर छ।
20 # गन्ती 21:31-35 बाशानका राजा ओगलाई मार्नुभयो;
उहाँको प्रेम अमर छ।
21तिनीहरूका देश उहाँले आफ्‍ना प्रजालाई दिनुभयो;
उहाँको प्रेम अमर छ।
22उहाँले आफ्‍ना सेवक इस्राएललाई ती देशहरू दिनुभयो;
उहाँको प्रेम अमर छ।
23हामी हार्दा उहाँले हामीलाई भुल्‍नुभएन;
उहाँको प्रेम अमर छ।
24उहाँले हामीलाई हाम्रा शत्रुहरूदेखि छुटकारा दिनुभयो;
उहाँको प्रेम अमर छ।
25उहाँले हरेक जिउँदो प्राणीलाई भोजन दिनुहुन्‍छ;
उहाँको प्रेम अमर छ।
26स्‍वर्गका परमेश्‍वरलाई धन्‍यवाद देओ;
उहाँको प्रेम अमर छ।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 136: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्