YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 116

116
मृत्युबाट बाँचेको मानिसद्वारा परमेश्‍वरको प्रशंसा
1म परमप्रभुलाई प्रेम गर्दछु
किनभने उहाँले मेरो पुकार र मेरो प्रार्थना सुन्‍नुहुन्‍छ।
2म जति पल्‍ट उहाँलाई पुर्कादछु,
उहाँले मलाई सुन्‍नुहुन्‍छ।
3मेरा चारैपट्टि मृत्‍युको खतरा थियो,
मृत्‍युको डरले मलाई छोप्‍न आउँदथ्‍यो
मलाई पूरा डर र चिन्‍ता परेको थियो।
4त्‍यस बेला मैले परमप्रभुलाई पुकारें–
“परमप्रभु, म बिन्‍ती गर्दछु, मलाई बचाउनुहोस्!”
5परमप्रभु असल र कृपालु हुनुहुन्‍छ।
हाम्रा परमेश्‍वर दयालु हुनुहुन्‍छ।
6परमप्रभुले असहायहरूलाई रक्षा गर्नुहुन्‍छ,
म खतरामा पर्दा उहाँले मलाई बचाउनुभयो।
7हे मेरो हृदय, ढाडस गर्‌
किनभने परमप्रभु मेरो भलो हुनुहुन्‍छ।
8परमप्रभुले मलाई मृत्‍युदेखि बचाउनुभयो,
उहाँले मेरो आँसु पुछिदिनुभयो
र मलाई हारदेखि बचाउनुभयो।
9यसैले म जिउँदाहरूका जगत्‌मा
परमप्रभुको सामु हिँड्डुल गर्दछु।
10 # २ कोरिन्थी 4:13 “म पूरै चुर-चुर भएको छु,”
भनेको बेलामा,
11म डराएर “कसैमा भरोसा छैन” भनेको बेलामा पनि
मैले विश्‍वास गर्न छोडिनँ।
12मप्रति गर्नुभएका उहाँका सारा भलाइका लागि
म परमप्रभुलाई के दिन सक्‍छु र?
13मलाई बचाउनुभएको लागि धन्‍यवाद चढाउनलाई
म परमप्रभुकहाँ दाखमद्य भेटी चढाउनेछु।
14उहाँका सारा प्रजाको सभामा
मैले प्रतिज्ञा गरेका कुरा म उहाँलाई चढाउनेछु।
15जब उहाँको एक जना मानिस मर्दछ,
परमप्रभुलाई कत्रो दु:ख लाग्‍दछ!
16परमप्रभु, म तपाईंको दास हुँ,
मेरी आमाले गरेजस्‍तै मैले तपाईंको सेवा गर्नेछु,
तपाईंले मलाई मृत्‍युदेखि बचाउनुभयो।
17म तपाईंलाई धन्‍यवादको बलि चढाउनेछु,
म तपाईंलाई आफ्‍नो प्रार्थना चढाउँदछु।
18-19तपाईंका सारा प्रजा भेला भएको सभामा,
यरूशलेममा, तपाईंको मन्‍दिरको पवित्र बासस्‍थानमा,
मैले प्रतिज्ञा गरेको कुरा म तपाईंलाई चढाउनेछु।
परमप्रभुको प्रशंसा गर!

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 116: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्