YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 11:1-7

भजनसंग्रह 11:1-7 सरल नेपाली

म सुरक्षाको लागि परमप्रभुमा भरोसा गर्दछु, तिमी कति मूर्ख भएर मलाई यसो भन्‍छौ: “चराजस्‍तो उडेर डाँडामा जाऊ किनभने दुष्‍टले धनु निकालेर ‘असल मानिसहरूलाई हान्‍न’ अन्‍धकारमा काँडले ताकेको छ। जब सबै कुरा छिन्‍न-भिन्‍न भएर जान्‍छ, कुनै असल मानिसले केही गर्न सक्‍दैन।” परमप्रभु आफ्‍नो पवित्र मन्‍दिरमा हुनुहुन्‍छ, उहाँको सिंहासन स्‍वर्गमा छ, उहाँले हरेक ठाउँमा मानिसहरूलाई हेर्नुहुन्‍छ र तिनीहरूले गरेका काम जान्‍नुहुन्‍छ। उहाँले धर्मी र दुष्‍ट मानिसहरूलाई एकनास जाँच्‍नुहुन्‍छ, उहाँले नियम पालन नगर्नेहरूलाई हृदयदेखि घृणा गर्नुहुन्‍छ। उहाँले दुष्‍टमाथि बल्‍दो आगो र गन्‍धक खन्‍याउनुहुन्‍छ; डढाइहाल्‍ने बतासले तिनीहरूलाई सोतर पार्नुहुन्‍छ। परमप्रभु धर्मी हुनुहुन्‍छ र असल कामलाई प्रेम गर्नुहुन्‍छ, असल काम गर्नेहरू उहाँको सामु जिउनेछन्।

भजनसंग्रह 11 पढ्नुहोस्