बुद्धि र समझशक्ति प्राप्त गर्ने मानिस खुसी रहन्छ। त्यसमा चाँदीमा भन्दा बढी लाभ हुन्छ र त्यो सुनभन्दा उत्तम हो। बुद्धि हीरा-मोतीभन्दा ज्यादै उत्तम हुन्छ, तैँले चाहेको कुनै कुराको त्योसित तुलना गर्न सकिंदैन। बुद्धिले तँलाई दीर्घायु, धन-सम्पत्ति र इज्जत पनि दिँदछ। बुद्धिले तेरो जीवन आनन्दमय बनाउन सक्छ र जीवन-पथमा तँलाई कुशलसाथ डोर्याउँछ। बुद्धि पाउनेहरू खुसी हुन्छन्, बुद्धिले तिनीहरूलाई जीवन दिँदछ। परमप्रभुले बुद्धिद्वारा पृथ्वी बनाउनुभयो, उहाँले ज्ञानद्वारा आकाशलाई त्यसको ठाउँमा बसाल्नुभयो। उहाँको बुद्धिले नदीहरू बगिनिस्के र बादलबाट पृथ्वीमा वर्षा भयो। ए मेरो छोरो, तैँले बुद्धि र अन्तर्दृष्टिलाई समाती राख्, यी कुरालाई तँबाट कहिल्यै फुत्केर जान नदे। यी कुराले तँलाई जीवन दिनेछन्– एउटा सुखी र आनन्दमय जीवन। तँ तेरो बाटोमा कुशलसाथ जान सक्नेछस् र कहिल्यै ठेस खानेछैनस्। सुत्न जाँदा तँलाई केही डर हुनेछैन र रातभरि तँलाई मस्त निद्रा लाग्नेछ। दुष्टहरूमाथि आँधी आएझैँ अचानक आइलाग्ने विपत्तिहरूको डर तँलाई हुनेछैन। परमप्रभुले तँलाई कुशल राख्नुहुनेछ। उहाँले तँलाई पासोमा पर्न दिनुहुन्न।
हितोपदेश 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 3:13-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू