ए मेरो छोरो, मैले दिएको शिक्षालाई नभुल, मैले भनेका कुरा गर्न सदा याद राख् किनभने मेरो शिक्षाले तँलाई लामो आयु दिनेछ र तेरो फलिफाप गराउनेछ। भक्ति र विश्वासलाई कहिल्यै नत्याग्। ती तेरो घाँटीमा बाँधिराख्, हृदयमा लेखिराख्। त्यसो गरिस् भने परमेश्वर र मानिस दुवै तँसित प्रसन्न रहनेछन् र तैँले निगाह पाउनेछस्। तेरो सारा हृदयले परमप्रभुमा भरोसा गर्, म जान्दछु भन्ने तेरो विचारमा निर्भर नहो। आफ्ना सबै काममा परमप्रभुलाई सम्झी र उहाँले तँलाई ठीक मार्ग देखाएइदिनुहुनेछ।
हितोपदेश 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 3:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू