के ख्रीष्टमा भएको तिमीहरूको जीवनले तिमीहरूलाई हौसला दिएको छ? उहाँको प्रेमले तिमीहरूलाई सान्त्वना दिएको छ? तिमीहरूले पवित्र आत्माको संगति गर्छौ? के तिमीहरू एक-अर्कालाई दया र माया गर्छौ? त्यसो हो भने मलाई खुसी पार्न तिमीहरू एउटै विचार भएका, एउटै प्रेममा रहेका र एउटै चित्त भएका होओ भनी म तिमीहरूलाई बिन्ती गर्छु। आफ्नै मात्र भलाइ खोजेर तिमीहरू केही नगर। तिमीहरूले फोस्रो घमण्डको निम्ति पनि केही नगर। एक-अर्काप्रति नम्र बन र अरूहरू आफूभन्दा राम्रा छन् भनी सम्झ। आफ्नै मात्र होइन, अरूको पनि विचार गर। तिमीहरूको व्यवहार येशू ख्रीष्टको जस्तै होस्। उहाँ सधैँ परमेश्वरकै समान हुनुहुन्थ्यो। तर उहाँले बलजफती परमेश्वरसमान हुने विचारै पनि गर्नुभएन। उहाँले आफ्नै इच्छाले यी सबै त्याग्नुभयो अनि कमारोको रूप लिनुभयो। उहाँ हामीहरूजस्तै मानिस भएर जन्मनुभयो। उहाँले नम्र भएर मृत्युसम्म, क्रूसकै मृत्युसम्म आज्ञा मान्नुभयो।
फिलिप्पी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: फिलिप्पी 2:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू