गन्ती पुस्तक परिचय
पुस्तक परिचय
इस्राएलीहरूले सीनै पर्वत छोडेपछि परमेश्वरले करार गर्नुभएको देशको पूर्वी सीमानासम्म पुग्न प्राय: चालीस वर्ष लागेको थियो। त्यस समयको कथा गन्तीको पुस्तकमा लेखिएको छ। कथामा भएको मुख्य विषय अथवा मोशाले सीनै पर्वतदेखि बिदा हुनुअघि लिएका इस्राएलीहरूको जनगणना र फेरि त्यसको एक पुस्तापछि यर्दनको पूर्वपट्टिको मोआबमा लिएको जनगणनासित यस पुस्तकको नामको सम्बन्ध रहेको छ। ती दुई जनगणनाका बीच इस्राएलीहरू कनान देशका दक्षिण सीमानाको कादेश-बर्नेमा आइपुगे तर त्यहाँबाट त्यो प्रतिज्ञा गरिएको देशमा पस्न सकेनन्। त्यस इलाकामा धेरै वर्ष बिताएपछि तिनीहरू यर्दन नदीको पूर्वपट्टिको देशमा पुगे। एक भाग इस्राएलीहरू त्यहीँ बसोबास गर्न थाले र बाँकी मानिसहरू नदी पार गरी कनानभित्र पस्ने तयारी गर्न लागे।
कठिनाइको सामना गर्नुपर्दा डराउने र निराश हुने जातिका र परमेश्वरको विरुद्धमा र उहाँले तिनीहरूको अगुवाइ गर्नलाई खटाउनुभएको मोशाको विरुद्धमा विद्रोह गर्ने जातिको कथा गन्तीको पुस्तकमा लेखिएको छ। मानिसका कमजोरी, अट्टेरीपना र तिनका सट्टामा आफ्ना जनप्रति परमेश्वरको विश्वासयोग्यता र अटुट वास्ताको कथा यहाँ छ। समय-समयमा मोशा अधीर भए पनि परमेश्वर र उहाँको जनप्रति उनको अटल भक्ति र सेवाको कथा यस पुस्तकमा पाइन्छ।
संक्षिप्त विषय-सूची
इस्राएलीहरू सीनै पर्वत छोड्ने तरखर गर्छन् १:१—९:२३
क) पहिलो जनगणना १:१—४:४९
ख) विभिन्न कानुन र नियमहरू ५:१—८:२६
ग) दोस्रो निस्तार-चाड ९:१-२३
सीनै पर्वतदेखि मोआबसम्म १०:१—२१:३५
मोआबमा भएका घटनाहरू २२:१—३२:४२
मिश्रदेशदेखि मोआबसम्मको यात्राको सारांश ३३:१-४९
यर्दन तर्नुअघि दिइएका आदेशहरू ३३:५०—३६:१३
अहिले सेलेक्ट गरिएको:
गन्ती पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.