नहेम्याह पुस्तक परिचय
पुस्तक परिचय
नहेम्याहको पुस्तकलाई चार खण्डमा विभाजन गर्न सकिन्छ:
१) नहेम्याह यरूशलेम फर्किआएका, जहाँ उनलाई फारस देशका सम्राटद्वारा यहूदामाथि शासन गर्न पठाइएको थियो।
२) यरूशलेमका पर्खालहरूको पुनर्निर्माण।
३) एज्राद्वारा परमेश्वरको व्यवस्था पाठ गरिएको अनि मानिसहरूले पाप स्वीकार गरेका।
४) यहूदाको शासकका रूपमा नहेम्याहले गरेका अन्य कार्यहरू, परमेश्वरमा नहेम्याहले राखेको दृढ भरोसा र उहाँसँग उनले घरीघरी गरेका प्रार्थनाहरूको लिखित प्रमाण यो पुस्तकको उल्लेखनीय विशेषता हो।
संक्षिप्त विषय-सूची
नहेम्याह यरूशलेम फर्किएका १:१—२:२०
यरूशलेमका पर्खालहरू पुनर्निर्माण भएका ३:१—७:७३
व्यवस्था पढिएको र करार नवीकरण भएको ८:१—१०:३९
नहेम्याहका अन्य कार्यहरू ११:२—१३:३१
अहिले सेलेक्ट गरिएको:
नहेम्याह पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.